घरको कुन दिशालाई शयन कक्ष बनाउने ? « Khabarhub

घरको कुन दिशालाई शयन कक्ष बनाउने ?


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

आफू सुत्ने कोठा अर्थात् शयन कक्षमा के–के सामान राख्ने वा नराख्ने भनेर वास्तुशास्त्रले पनि बताएको छ ।

वास्तुशास्त्रमा घरको भान्सा, पूजाघर, बेडरुम आदिको विशेष महत्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनुपर्ने वास्तुशास्त्रको मान्यता छ ।

यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ  ।

वास्तुशास्त्रमा घरको पूर्व दिशामा विवाहित जोडीको बेडरुम हुँदा उनीहरूको सम्बन्धमा र घरमा नकारात्मकता भित्र्याउने मान्यता छ ।

त्यसैगरी घरको मूल व्यक्तिको बेडरुम उत्तर दिशामा हुनुलाई अशुभ मानिएको छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घरमूली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने देखिन्छ ।

त्यसैगरी घरमूलीको बेडरुम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ ।

घरको पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरुम राख्नु हुँदैन ।

यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुनुका साथै अनिद्रा र तनावको सिकार बन्ने सम्भावना बढी रहन्छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको