इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुलले खेले बराबरी « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुलले खेले बराबरी


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलका गेब्रियल मागाल्हासले एक तथा लिभरपुलका मोहमद सलाहले एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा आर्सनलका गेब्रियलले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २९औँ मिनेटमा सलाहले गोल फर्काउँदै लिभरपुललाई हारबाट जोगाए ।

यता, सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँड्न बाध्य भयो ।

यो बराबरीसँगै आर्सनल १८ खेलबाट ४० अंकसहित तालिकाको शीर्षस्थानमा कायमै छ । यस्तै, ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ०४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६