काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले नापोलीमाथि सानदार जित निकालेको छ । गए राति भएको खेलमा नापोलीलाई २–० गोल अन्तरले हराउँदै रोमा विजयी भएको हो ।
रोमाका लागि लेरेन्जो पेल्लेग्रिनी र रोमेलु लुकाकुले एक–एक गोल गरेका थिए। लेरेन्जोले खेलको ७६औँ मिनेमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको इन्जुरी समयमा लुकाकुले अग्रतालाई दोब्बर बनाउँदै रोमालाई सहज जित दिलाए ।
यस सिजनमा रोमाको यो आठौँ जित हो । १७ खेलबाट २८ अंक रहेको रोमा लिगको छैटौँ स्थानमा उक्लिएको छ। पराजित भएको नापोली २७ अंकसहित सातौँ स्थानमा छ ।
प्रतिक्रिया