न्याय परिषद बैठक : कुँवर र पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस « Khabarhub

न्याय परिषद बैठक : कुँवर र पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

आज बसेको परिषद बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा नियुक्तिका लागि सिफारिस गरेको हो। परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

यस्तै, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्र बहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा सरुवा गरिएको छ ।

बैठकले राजश्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश टङ्कप्रसाद गुरुङलाई तोक्न परामर्श दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ४२ बजे

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको