प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार तेस्रो जित « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशको लगातार तेस्रो जित


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई ६० रनले हराउँदै कोशीले लगातार तेस्रो जित हात पारेको हो ।

कोशी प्रदेशले दिएको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमा समेटियो ।

मधेशको लागि साना प्रविणले सर्वाधिक २७ रन जोडिन् । यस्तै, आरति महतोले १८ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कोशीका लागि सबनम राइ र एलिसा खडियाले दुई–दुई तथा रुविना क्षेत्री र संगीता राईले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।

कोशीकी रुविना क्षेत्रीले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै, अप्सरी सरस्वती कुमारी चौधरीले ३९ तथा सबनम राईले १६ रन बनाए ।

मधेशकी मिना महतोले दुई तथा पूजा महतो र सरस्वती चौधरीले एक–एक विकेट लिए ।

यसअघिका खेलमा कोशीले कर्णाली र बागमती प्रदेशलाई हराएको थियो । मधेश भने बागमती र एपीएफसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ३२ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि