झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयो :  ओली « Khabarhub

झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयो :  ओली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हालै सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका हुन् ।

‘अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रो थ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने ।

झुलाझाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको दाबी गर्दै उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको जानकारी दिए ।

राजनीतिक अस्थिरताको कारणले जनतामाझ रहेको निराशालाई यात्राले चिर्न सफल भएको दाबी गर्दै उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको पनि बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको