झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयो :  ओली « Khabarhub

झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयो :  ओली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हालै सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका हुन् ।

‘अनेक प्रकारका भाष्यहरू तयार गर्न खोजिएको थियो । अहिले पनि राणा शासन नै राम्रो थ्यो भन्ने भेटिन्छन् । पञ्चायत राम्रो थ्यो भन्ने भेटिन्छन् । गलत भाष्यलाई चिर्न र नयाँ सही भाष्य स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने ।

झुलाझाट–चिवाभञ्ज्याङ यात्रा सफल भएको दाबी गर्दै उनले यात्राका क्रममा स्थानीय समस्याबारे गम्भीर विचार विमर्श भएको जानकारी दिए ।

राजनीतिक अस्थिरताको कारणले जनतामाझ रहेको निराशालाई यात्राले चिर्न सफल भएको दाबी गर्दै उनले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको पनि बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १६ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक