बागलुङका किसानले फलाए ९ किलोको काउली « Khabarhub

बागलुङका किसानले फलाए ९ किलोको काउली


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् । विसं २०६६ सालअघि ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन् ।

उनको फार्ममा यसपटक नौ किलोको एउटै काउली फलेको छ । खत्रीको अहिले सानाठूला गरी आठ प्लाष्टिक टनेलमा तरकारी खेती छ । कृषि क्षेत्रको निरन्तर परीक्षण र मेहनतका कारण खत्रीले मौसमी तथा बेमौसी तरकारी खेतीमा रमाउने क्रममा यसपटक आठ केजी आठ सय ८० ग्राम तौल भएको काउली फलेको खत्रीले जानकारी दिए ।

“फार्ममा निकै ठूला काउली फलेका थिए, फार्मको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा नौ केजीको रहेको पाइयो”, खत्रीले भने, “लामो समयको मेहनत र परिश्रमका कारण यो अवस्थामा आउन सफल भएको महसुस भयो ।” आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने योजना नआएको सुनाए ।

स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० लाख आम्दानी गर्दै आएका छन् । “चार/पाँच किलोसम्मको काउली त फलेकै थिए, यसपटक अलि ठूलो काउली फलेपछि जोख्न मन लाग्यो, काउली जोख्दा नौ केजी रहेको पाइयो, स्नोम्याटिक जातको काउली हो भदौमा रोपेको काउली पुसको ७ गते टिपेर जोख्दा नौ केजी रहेको पाइयो, काउलीको तौल गरेको तस्बिर तथा श्रव्यदृश्य कृषि ज्ञान केन्द्रलाई समेत पठाएको छु”, खत्रीले भने ।

अहिले ब्रोकाउली १५ क्विन्टल बिक्री गरेको बताउँदै आफूले बिक्री गरेको काउली र गोलभेँडा गलकोटसम्म निर्यात भएको खत्रीले बताए । खत्रीले यसअघि छ केजी ५० ग्रामको काउली फलाएको सुनाए । तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै खत्रीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

खत्रीको फार्ममा आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक र अन्य परम्परागत टनेल रहेका छन् । खत्रीले नौ किलोको काउली फलाउने दिनसम्म आउन कृषि ज्ञान केन्द्र बागलुङको ठूलो प्राविधिक सहयोग रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : २० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन