३ हजारले लिए निःशुल्क स्वास्थ्य सेवा | Khabarhub Khabarhub

३ हजारले लिए निःशुल्क स्वास्थ्य सेवा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवा शिविरमा तीन हजार बढीले सेवा लिएका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीय नागरिकले शिविरमा स्वास्थ्य जाँच गराएका छन् । प्रतापपुर गाउँपालिका–७ जगरनाथपुरमा रहेको श्री गणेश माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा बालरोग, स्त्री तथा प्रसुति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा र दाँतलगायत विभिन्न १३ वटा रोगको स्वास्थ्य जाँच गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए । शिविरमा १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका थिए ।

खासगरी विशेषज्ञ रोगका चिकित्सकको स्वास्थ्य सेवाको पहुँचमा नभएका नागरिकले उक्त सेवा लिएपछि खुसी व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले बताए । प्रतापपुर गाउँपालिका र देवदह मेडिकल कलेजको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

जस्मा प्रतापपुर गाउँपालिका, जिल्ला अस्पताल र केही स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा करिब रु आठ लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ३५ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३