निकोबार टापु क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह « Khabarhub

निकोबार टापु क्षेत्रमा फसेका दुई सय रोहिङ्ग्याको उद्धार गर्न आग्रह


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जेनेभा- संयुक्त राष्ट्रसङ्घले हिन्द महासागरको अण्डमान र निकोबार टापू नजिकै डुङ्गामा सवार महिला र बालबालिकासहित १८५ जना रोहिङ्ग्या आप्रबासीको तत्काल उद्धार गर्न शनिबार आह्वान गरेको छ । जहाजमा सवारमध्ये ७० जना बालबालिका र ८८ जना महिला रहेको राष्ट्रसङ्घीय शरणार्थी निकाय (यूएनएचसीआर)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“कम्तीमा एक दर्जनको अवस्था गम्भीर रहेको आशङ्का गरिएको छ र एक जनाको मृत्यु भइसकेको छ,” विज्ञप्तिमा भनिएको छ, “समयमै उद्धार गरी नजिकको सुरक्षित स्थानमा ओर्लिन नसके धेरै तटीय राज्यहरूको निगरानीका कारण धेरैको मृत्यु हुन सक्छ ।”

यूएनएचसीआरका प्रवक्ता बाबर बलोचले एएफपीसँग कुरा गर्दै जहाजमा सवार व्यक्तिहरू रोहिङ्ग्या शरणार्थी भएको र एजेन्सीले यस क्षेत्रका सबै तटीय अधिकारीहरूलाई तत्काल उद्धार गर्न अपिल गरिरहेको बताएका छन् । उनले भने, “यो वास्तवमै एक निराशाजनक अवस्था हो ।”

म्यान्मामा अत्यधिक उत्पीडनमा परेका हजारौं मुस्लिम रोहिङ्ग्याहरू हरेक वर्ष म्यानमार र बङ्गलादेशका शरणार्थी शिविरहरूबाट जोखिमपूर्ण समुद्री यात्रा गरी मलेसिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् । युएनएचसीआरका अनुसार सन् २०२२ मा दुई हजारभन्दा बढी रोहिङ्ग्याले जोखिमपूर्ण यात्रा गरी विभिन्न मुश्लिम बहुल एशियाली मुलुक पुगेका थिए ।

गत वर्षदेखि यस क्षेत्रमा रोहिङ्ग्या शरणार्थीसहित ५७० भन्दा बढी व्यक्तिको हताहत भएको बताइएको छ । अहिले छटपटाइरहेका मानिसहरूको कुरा गर्दा, एजेन्सीले जोड दियो कि ‘जीवन बचाउनको लागि समयमै प्रयास गरेमा ठूलो त्रासदी रोक्न सकिन्छ । “यो अवस्थाले यस क्षेत्रका सबै राज्यहरूले यस स्तरमा हुने मानवीय विपत्तिबाट बच्न आफ्नो पूर्ण खोजी र उद्धार क्षमता परिचालन गर्नुको महत्वलाई फेरि एकपटक उजागर गर्दछ ।”

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ४८ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,