लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन « Khabarhub

लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाको माग गर्दै निवेदन


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् ।

आज दिउँसो संसद सचिवालयमा कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् ।

कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा थिए ।

गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो ।

यो पनि…

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ३ : ५५ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको