किसुनजी नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व हाे : सभापति देउवा | Khabarhub Khabarhub

किसुनजी नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व हाे : सभापति देउवा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्म दिवसका उपलक्ष्यमा आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्श सभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रूपमा आफूले पाएको बताएका हुन् ।

‘उहाँलाई मैले नख्खु जेलमा पहिलो पटक भेटेको हो, अत्यन्तै ‘सेन्स अफ ह्युमर’ भएको व्यक्ति हुनुहुन्थ्यो, कहिल्यै चिन्ता नलिने सच्चा त्यागी तथा निर्लोभी व्यक्तित्वका रूपमा उहाँले आफूलाई स्थापित गर्नुभएको थियो’, सभापति देउवाले भने, ‘उहाँले २०४७ सालमा तत्कालीन राजा र जनता सबैले अपनत्व गर्ने गरी नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्न सफल हुनुभयो । उहाँको त्यागी, सादगीपनका साथै आदर्श व्यक्तित्वका विषयमा अझै खोजी गरेर किताब लेखिनुपर्छ ।’

सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गरे ।

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गरे निष्ठावान् व्यक्तित्वका रूपमा स्मरण गरे ।

उनले अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गरेको बताए ।

‘किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नुभएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनुभएको थियो’, उपसभापति खड्काले भने ।

उनले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्ने गरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रूपमा स्मरण गरे । उनले सरकार सञ्चालनमा किसुनजीले देखाएको बाटो अनुसरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले जीवनभर देश, जनता  र प्रजातन्त्रका लागि अविश्राम लागि परेका व्यक्तित्व किसुनजीको निष्ठा र साद्गीपनको अनुसरण गर्नसकेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भन्ने धारणा राखे ।

‘वर्तमान समयमा विकृति र विसङ्गतिको चाङमा उभिएर आजको दिनमा उहाँले दिनुभएको मार्गदर्शन पछ्याउन ज्यादै कठिन छ । किसुनजीको सन्तपन, साद्गीपन र सदाचार हामीमा पनि हुनु आवश्यक छ’, उपसभापति गुरुङले भने ।

त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले किसुनजीले पछ्याएको आदर्श र निष्ठालाई कायम राख्नु हाम्रो दायित्व हो, भनिन् । उनले किसुनजी भारतीय स्वतन्त्रताका लागिसमेत योगदान गरेका चीर स्मरणीय व्यक्तित्व रहेको धारणा पनि राखिन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ४ : २५ बजे

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको