एमालेको निष्कर्ष : नेपाली जनता गणतन्त्रको पक्षमा छन् « Khabarhub

एमालेको निष्कर्ष : नेपाली जनता गणतन्त्रको पक्षमा छन्


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म गरेको १९ दिने महाकाली मेची यात्राबाट ७ वटा निष्कर्ष निकालेको छ ।

देशमा संविधान र व्यवस्थाप्रति वितृष्णा बढिरहेको र राजावादीहरुतर्फ आकर्षण बढेको काठमाडौंमा चर्चा चलिरहेका बेला एमालेले नेपाली जनता संविधान र गणतन्त्रको पक्षमा रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी मुख्य कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने,‘नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा छन् ।’

त्यस्तै, एमालेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताभित्रको एकता नै नेपालको पहिचान भएको बताउँदै यो एकतालाई अझ सुदृढ र मजबुत बनाउनुपर्ने बताएको छ । देशमा हिन्दुवादीहरुले हिन्दुराष्ट्रको माग अगाडि सारिरहेका बेला एमालेले बहुलतामा जोड दिएको हो ।

 

त्यसैगरी, सुशासन, समृद्धि र विकास नै मुलुकको सर्वोपरि प्राथमिकता भएको भन्दै संविधान बनिसकेको अवस्थामा अब समृद्धि र विकासलाई प्राथमिकता दिइनुपर्ने एमालेको निष्कर्ष छ ।

नेकपा एमालेले संकल्प यात्राका क्रममा विभिन्न जिल्लाबाट सयौँ माग पत्र, ज्ञापन पत्र र ध्यानाकर्षण पत्रहरु प्राप्त भएको जनाएको छ । एमाले सरकारमा नभए पनि यसलाई प्रतिपक्षीको माध्यमबाट सधैँ घच्घच्याउने एमालेले जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमालेले भनेको छ,‘यतिबेला हामी यी मागहरुको अध्ययन, विश्लेषण र वर्गीकरण गरिरहेका छौं, यो काम सकिने बित्तिकै हामी ती विषयहरु राज्यको जुन तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउनेछौं ।’

त्यसैगरी नेकपा एमालेले १९ दिने यात्राका क्रममा देखेका र जनताबाट प्राप्त मध्यपहाडको विकास र सम्भावनाका आधारमा विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताएको छ ।

अभियानका क्रममा प्राप्त जनसमर्थनबाट आफूहरू उत्साहित रहेको एमालेको निष्कर्ष छ । एमालेले २६ जिल्लामा यात्रा गर्ने तालिका बनाए पनि रुट भन्दा बाहिरका थप चार जिल्लामा पनि अभियान चलाएको थियो । यसले सुर्खेत, सल्यान, दोलखा र गुल्मी जिल्लामा पनि कार्यक्रम गरेको थियो ।

 

निष्कर्ष पत्र 

पूर्णपाठ-

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्