एमालेको निष्कर्ष : नेपाली जनता गणतन्त्रको पक्षमा छन् | Khabarhub Khabarhub

एमालेको निष्कर्ष : नेपाली जनता गणतन्त्रको पक्षमा छन्


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म गरेको १९ दिने महाकाली मेची यात्राबाट ७ वटा निष्कर्ष निकालेको छ ।

देशमा संविधान र व्यवस्थाप्रति वितृष्णा बढिरहेको र राजावादीहरुतर्फ आकर्षण बढेको काठमाडौंमा चर्चा चलिरहेका बेला एमालेले नेपाली जनता संविधान र गणतन्त्रको पक्षमा रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी मुख्य कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने,‘नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा छन् ।’

त्यस्तै, एमालेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताभित्रको एकता नै नेपालको पहिचान भएको बताउँदै यो एकतालाई अझ सुदृढ र मजबुत बनाउनुपर्ने बताएको छ । देशमा हिन्दुवादीहरुले हिन्दुराष्ट्रको माग अगाडि सारिरहेका बेला एमालेले बहुलतामा जोड दिएको हो ।

 

त्यसैगरी, सुशासन, समृद्धि र विकास नै मुलुकको सर्वोपरि प्राथमिकता भएको भन्दै संविधान बनिसकेको अवस्थामा अब समृद्धि र विकासलाई प्राथमिकता दिइनुपर्ने एमालेको निष्कर्ष छ ।

नेकपा एमालेले संकल्प यात्राका क्रममा विभिन्न जिल्लाबाट सयौँ माग पत्र, ज्ञापन पत्र र ध्यानाकर्षण पत्रहरु प्राप्त भएको जनाएको छ । एमाले सरकारमा नभए पनि यसलाई प्रतिपक्षीको माध्यमबाट सधैँ घच्घच्याउने एमालेले जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमालेले भनेको छ,‘यतिबेला हामी यी मागहरुको अध्ययन, विश्लेषण र वर्गीकरण गरिरहेका छौं, यो काम सकिने बित्तिकै हामी ती विषयहरु राज्यको जुन तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउनेछौं ।’

त्यसैगरी नेकपा एमालेले १९ दिने यात्राका क्रममा देखेका र जनताबाट प्राप्त मध्यपहाडको विकास र सम्भावनाका आधारमा विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताएको छ ।

अभियानका क्रममा प्राप्त जनसमर्थनबाट आफूहरू उत्साहित रहेको एमालेको निष्कर्ष छ । एमालेले २६ जिल्लामा यात्रा गर्ने तालिका बनाए पनि रुट भन्दा बाहिरका थप चार जिल्लामा पनि अभियान चलाएको थियो । यसले सुर्खेत, सल्यान, दोलखा र गुल्मी जिल्लामा पनि कार्यक्रम गरेको थियो ।

 

निष्कर्ष पत्र 

पूर्णपाठ-

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ५६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून