मानव तस्करीको आशङ्कामा फ्रान्समा पक्राउ परेका भारतीयसँग सोधपुछ « Khabarhub

मानव तस्करीको आशङ्कामा फ्रान्समा पक्राउ परेका भारतीयसँग सोधपुछ


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पेरिस- मानव तस्करीको आशङ्कामा पेरिस नजिकै हिरासतमा राखिएका विमानमा यात्रा गरिरहेका ३ सयभन्दा धेरै भारतीयसँग चार फ्रान्सेली न्यायाधीशले आइतबार सोधपुछ सुरु गरेका छन् ।

मानव बेचबिखनका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचनापछि बिहीबार दुबईबाट इन्धन भर्न आइपुगेको निकारागुवा जाँदै गरेको एयरबस ए३४० लाई पेरिसबाट १५० किलोमिटर (९५ माइल) पूर्व भट्री विमानस्थलमा राखिएको छ । सीमा प्रहरीले प्रयोग गरिरहेको हिरासतमा राख्ने आदेशलाई सुरुमा आठ दिनसम्म र आवश्यक परेको अवस्थामा थप आठ दिन बढाउने अधिकार न्यायाधीशरूलाई छ । यात्रीहरूसँग कुराकानी गर्नका लागि उनीहरूसँग दुई दिनको समय छ ।

“लक्ष्य भनेको सबैलाई हेर्न सक्षम हुनु हो”, चालोन्स–एन–स्याम्पेन क्षेत्रका अभियोजक एनिक ब्राउनले भने । अनुवादकहरूले न्यायाधीशहरूलाई सहयोग गरिरहेका छन् । रोमानियाली कम्पनी लिजेन्ड एयरलाइन्सको उडानमा रहेका तीन सय तीन यात्री विमानस्थलमै अलपत्र परेका छन् । पेरिस अभियोजकहरूका अनुसार यात्रीमध्ये ११ जना बिनासहाराका नाबालिग रहेका छन् ।

घटनासँग सम्बन्धित एक स्रोतले दस यात्रीले शरणका लागि अनुरोध गरेका छन् । त्रिपालले प्रवेश कक्षको सिसा र बाहिरी भाग तथा नजिकका प्रशासनिक भवनहरूलाई ढाकेको छ । प्रहरी र अर्धसैनिकले प्रवेशमाथि रोक लगाएका छन् । पेरिस अभियोजकको कार्यालयका अनुसार शुक्रबार हिरासतमा लिइएका दुई यात्रीको हिरासत अवधि शनिबार साँझ ४८ घन्टासम्म बढाइएको छ । उनीहरूको भूमिका यो यात्रामा अरुभन्दा फरक हुन सक्छ र कुन अवस्था तथा उद्देश्यका साथ हुनसक्छ भनेर प्रमाणित गर्नका लागि हिरासतमा राखिएको हो ।

अभियोजकहरूका अनुसार अनुसन्धानकर्मीहरूले यात्री तथा उडान चालक दलको पहिचान जाँच गरेका छन् र उनीहरूको यात्राको ‘स्थिति र उद्देश्य’ प्रमाणित गरिरहेका छन् । पेरिसमा भारतीय दूतावासले शनिबार उसले ‘स्थितिको द्रुत समाधान’ का लागि काम गरिरहेको बताएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले भनेको छ, “वाणिज्य दूत घटनास्थलमा हुनुहुन्छ ।”

मार्नेका नागरिक सुरक्षा प्रमुख प्याट्रिक जालोक्सले विमानस्थमा तीन रात बिताएपछि यात्रीहरू स्वाभाविक रूपमा ‘निराश’ रहेको बताए । उनका अनुसार तीमध्ये केही भारतको राष्ट्रिय भाषा हिन्दी बोल्छन् भने अन्य दक्षिणी भारत र श्रीलङ्काका केही भागमा बोलिने भाषा तमिल बोल्छन् । “उनीहरू आफ्ना परिवारसँग सम्पर्कमा छन्”, उनले भने ।

निकारागुवा हुँदै अमेरिका वा क्यानाडा जान खोजेका ती भारतीय यात्रीहरू सम्भवतः संयुक्त अरब इमिरेट्स (यूएई) का कामदार रहेको सोधपुछसँग सम्बन्धित निकट स्रोतले एएफपीलाई बताएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : २८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल