सुदूरपश्चिम लगानी सम्मेलनबारे विनोद चौधरीसँग छलफल « Khabarhub

सुदूरपश्चिम लगानी सम्मेलनबारे विनोद चौधरीसँग छलफल


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ । लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा, आर्थिक मामिलामन्त्री नरेश शाहीलगायतको टोलीले आज काठमाडौँमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो । मुख्यमन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

“सुदूरपश्चिममा लगानी गर्दा फाइदा हुन्छ र ? भन्ने सोच उद्योगी व्यापारीमा पायौँ । यति मात्रै होइन, बैङ्कहरुले पनि लगानी गर्न चाहिरहेका छैनन्,” उनले भने, “लगानी भित्र्याउन प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार छौँ । बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौँ । यसका लागि तपाईंबाट पनि प्रत्यक्ष संलग्नताको अपेक्षा गरेका छौँ ।” उनले सङ्घीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाइ भए पनि प्रदेश सरकारका तर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अफ्ठ्यारो नपर्ने प्रतिबद्धता जनाए ।

“हामी अधिकारका लागि सङ्घीय सरकारसँग लडिरहेकै छौँ । जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर सङ्घसँग संवादमा छौँ,” उनले भने, “तपाईंले व्यक्तिगत र अन्य देशभित्र र बाहिरका लगानीकर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस् ।” उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भए पनि सरकारकै कारण पछाडि पारिएको बताए ।

“सुदूरपश्चिमलाई विशेष आर्थिक जोनका रुपमा विकास गर्न सकिन्छ, त्यो कुरा तपाईंहरुले बनाउने नीतिमा भर पर्छ, कुनै पनि व्यापारीले किन सुदूरपश्चिममा लगानी गर्ने भन्ने कुरा सरकारले बनाउने नीतिले तय गर्छ,” उनको सुझाव थियो, “त्यहाँको सम्भावना के हुन्, त्यसका लागि प्रदेश सरकारले कस्तो सहुलियत दिन्छ भन्ने कुराले नै लगानीको वातावरण बनाउने हो । बाहिरी मुलुकको पनि अध्ययन गर्नुस् र एउटा स्पष्ट नीति बनाउनुस् ।”

प्रदेश सरकारका भौतिक योजनामन्त्री देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाए । उनले अन्तर्राष्ट्रिय रुपमै ख्यातिप्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउनका लागि सहजीकरण गरिदिन आग्रहसमेत गरे ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : १६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई