जम्मु कश्मीरलाई भारतका अन्य भागसँग जोड्ने रामवन भायडक्टको निर्माण पूरा « Khabarhub

जम्मु कश्मीरलाई भारतका अन्य भागसँग जोड्ने रामवन भायडक्टको निर्माण पूरा


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- जम्मु र कश्मीरलाई भारतका अन्य भागसँग जोड्ने रामवन भायडक्टको निर्माण पूरा भएको छ । भारतका केन्द्रीय यातायातमन्त्री नितिन गडकरीले रामवन भायाडक्टको निर्माण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

१।०८ किलोमिटर लम्बाईको चार लेन निर्माण गर्न ३ सय २८ करोड भारतीय रुपैयाँ खर्च भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस भायाडक्टको संरचनात्मक डिजाइनमा कंक्रीट र स्टिल गर्डरको प्रयोग गरिएको छ ।

यो आयोजनाले राष्ट्रिय राजमार्ग–४४ को उधमपुर–रामवन खण्डलाई जोड्नेछ । २६ स्प्यानमा बनेको यस भायाडक्टको काम सम्पन्न भएसँगै रामवन बजारको बजारको ट्राफिक जाममा कमी आउने अपेक्षा गरिएको छ ।

यस आयोजनाको निर्माणसँगै जम्मु कश्मीरमा पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ०४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म