स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउँछ : मन्त्री बस्नेत « Khabarhub

स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउँछ : मन्त्री बस्नेत


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कास्की – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणले तीन तहको सहकार्य गर्न सघाउने बताएका छन् ।

पोखरामा आज आयोजित नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा उनले सार्वजनिक गरिएको सर्वेक्षणका आधारमा तीन तहको सरकार सहकार्य गरेर अघि बढ्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘सङ्घीयतापछि पनि काम गर्न काठमाडौँ धाउनुपर्ने अवस्था छ, त्यसैले तीनै तहको सहकार्यमा अघि बढौँ भनेर यो कार्यक्रम अघि सारिएको हो ।’

मन्त्री बस्नेतले आवश्यकताका आधारमा छिट्टै स्थानीय तहलाई छात्रवृत्ति करारका डाक्टर र स्वास्थ्य सामग्री पठाउने बताए । कार्यक्रममा मन्त्री बस्नेतले औधषीको अनुगमनका लागि मन्त्रालय कडा रूपमा लागिपरेको जानकारी समेत दिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल