‘अस्पतालको शैय्या बढाएर मूल्य घटाउनुपर्छ’ « Khabarhub

‘अस्पतालको शैय्या बढाएर मूल्य घटाउनुपर्छ’

यही अवस्थामा अब नेपालको डाक्टरलाई विश्वास नगर्ने अवस्था देखिन्छ



म अहिले मेडिकल काउन्सिलले लेखेको जाँचको लाइसेन्स परीक्षाको पाठ्यक्रम ड्राफ्ट गर्ने मान्छे हुँ। त्यो ड्राफ्ट गर्ने बेलामा दुई जना रुकुम रोल्पा तिरका माननीय आए। उनीहरूले मलाई मेरो अस्पतालमा डाक्टर नाम गरेका पीएचडी गरेको मान्छे पठाइदे भन्नुभयो। रुकुम कोटको हेल्थ सेन्टरमा विगत १५ वर्षदेखि डाक्टर छैनन्। त्यहाँ गयो कि जनताले कुट्लान जस्तो गर्छन्। उहाँहरुको कुरा सुनेपछि त्यो कोर्स धेरै एडभान्स लेभलको बन्दैन भनेको थिए। त्यही कोर्स पारित भयो। तर, त्यो अझै करेक्सन भएको छैन। त्यो कोर्सको पास रेट तलको छ। अबको चार पाँच बर्ष पछि यो पास रेट २५ प्रतिशतमा झर्छ।

डाक्टरको घाँटी समाउने भनेको मेडिकल काउन्सिल हो। उसले दिएको सर्टिफिकेटको पछाडि त अर्थ छ। मैले दिएको सर्टिफिकेट यो डाक्टरले एकदम सेफ अभ्यास गर्न सक्छ भनेर दिएको हो। हामीले ३० प्रतिशतको क्वालिटीबाट २५ प्रतिशतमा जान लागि सक्यौं। मेडिकल काउन्सिल र मेडिकल एजुकेसन कमिसन गम्भीर नहुने हो भने हामी एकदमै तल जान्छौँ। यसैगरी अगाडि बढ्ने हो भने यो देशमा कसैले उपचार गर्दैनन्। जग राम्रो भएन भने माथिको जुनसुकै तला पनि सबै बिग्रिन्छ। विशेष विशेषज्ञ लेवल अर्थात् डिएम लेवल पनि सबै बिग्रिन्छ। त्यसैले यसको क्वालिटी सुधार कसरी गर्ने हो हामी गम्भीर भएर सोच्ने बेला आएको छ।

आज भन्दा १० वर्ष अगाडिको कुरा हो, डाक्टर दीर्घ सिंह बम एक्टिभ सचिव हुनुहुन्थ्यो। त्यो बेलामा थाइल्याण्डबाट एउटा टोली आयो। हामी भिसी भन्छौं, उनीहरु प्रेसिडेन्ट भन्छन्। हामीले झन्झटिलो सिस्टम बनायौं, उनीहरुले सजिलो सिष्टम बनाए। उनीहरु आए हामीलाई नसोधी मेलम्ची अस्पताल पुगे। दुभाग्र्य भन्नुपर्छ त्यो दिन डाक्टर पनि त्यहाँ रहेछन्। स्वास्थ्यकर्मी पनि त्यही रहेछन्। उनीहरुले प्रश्न सोध्दा दिएको उत्तर चित्त नबुझेर नेपालको मेडिकल सिष्टम राम्रो रहेनछ भन्ने छाप पर्यो। उनीहरुले यो सिस्टम सुधार गर्न सचिवलाई आग्रह गरे। त्यो समयमै उनीहरुले नयाँ पाठ्यक्रम अपनाएर जान अग्रह गरेका थिए। तर अहिले पनि त्यो आग्रह कार्यान्वयन भएको छैन।

अहिले ठूलो गल्ती मेडिकल काउन्सिलले गरेको छ। एक विद्यार्थी बराबर ६ शैय्या भन्यो। सार्दै सार्दै लग्यो। एक विद्यार्थी बराबर १० शैय्या हुनुपर्छ भन्यो। पहिलो वर्ष १००, दोस्रो वर्ष १००, तेस्रो वर्ष १०० र अन्तिम वर्ष १०० भन्यो त्यसरी ४०० विद्यार्थी भए। टिचिङ अस्पतालमा गएर हेर्ने हो भने प्रत्येक वर्षमा ४०–४० गरेर ५४० जना भए। ६०० शैय्यामा कसरी सिक्छन् एमबीबीएसका विद्यार्थीले डाक्टरी।

मेडिसिन भनेको साइन्स मात्र होइन आर्ट पनि हो। न त्यँहा कुनै अप्रेसन गर्न दिइन्छ न त्यहाँ कुनै प्रयोग गर्न पाइन्छ। एमडी गाइनीको इन्टनले डेलिभरी गराउन पनि दिँदैन। सानो दुई टाँका लगाउन पनि दिँदैन। टाँका लगाउनु पर्यो भने सर्जरीको रेजिरेन्ट अगाडि आइपुग्छ। कसरी सिक्ने हो ? खोई आर्टको लागि अवसर मौका नै छैन।

यदि क्षमता अभिवृद्धि गर्ने हो भने सबै पीजी रोकेर एमबीबीएस मात्र चलाउनु पर्दछ। जसरी वीर अस्पताल र न्याम्सले पीजी चलाए त्यसरी नै पीजी चलाउने संस्था छुट्टै आउनु पर्दछ। त्यसरी चलाउन सकियो भने मात्रै अस्पतालको गुणस्तर बढाउन सकिन्छ।

अस्पतालमा विद्यार्थीलाई सिक्ने अवसर दिनुपर्छ। सेवा सुविधा बढाउनुपर्छ। अस्पतालको शैय्या बढाउनुपर्छ। मेडिकल शिक्षाको शुल्क घटाउनुपर्छ। विद्यार्थीलाई क्षमता अभिवृद्धि गराउनु पर्छ। यही अवस्थामा जाने हो भने नेपालका डाक्टरलाई कसैले पनि विश्वास नगर्ने अवस्था अत्यन्तै धेरै देखिसक्यो।

(खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौती र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. बाबुराम मरासिनीले राखेको धारणाको सम्पादित अंशः

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ०२ बजे

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद

नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप

काठमाडौँ: नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र

नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

काठमाडौँ : नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन

सोलुखुम्बु : काठ निकासीमा गिरावट

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब