बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ | Khabarhub Khabarhub

बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो ।

रु ३४ करोडको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना तयार भएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग पर्याप्त बजेट भएन । त्यसैले बिभिन्न चरणमा काम गर्ने गरी निर्माण थालिएको थियो । पहिलो चरणमा नगर विकास समितिबाट रु १० करोड ५० लाख ऋण लिएर बसपार्क निर्माण अघि बढाइएको थियो । नगर विकास कोषले २०७४ सालमा ९० प्रतिशत ऋण र १० प्रतिशत अनुदानमा बजेट उपलब्ध गराएको थियो ।

“पहिलो चरणमा एक तलाको टर्मिनल भवन, ५२ व्यापारिक सटर, सार्वजनिक शौचालय तथा सडक र सडकबत्ती निर्माण गर्‍यौँ”, उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीले भने । उक्त काम २०७६ सालमै सम्पन्न भएको थियो । “बजेट अभावले दोस्रो चरणको काम अघि बढ्न सकेको छैन”, उनले भने, “बाँकी काम रु २४ करोडमा नभ्याउने अवस्था छ। बजेट जुटाउनुपर्ने देखिन्छ ।”

उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट काम गर्ने सम्भावना नभएपछि कार्यपालिकाले नगर विकास समितिसँग ऋण माग गर्ने निर्णय गरेको छ । छैटौँ कार्यपालिका बैठकले दोस्रो चरणको कामका लागि ऋण माग गर्ने निर्णय गरेको हो । टर्मिनल भवनलाई तीन तला बनाउनुपर्ने, सडकबत्ती जडान गर्नुपर्ने, क्लब टावर, कम्पलेक्स निर्माण, ढल निकास, पम्प व्यवस्थापन, पार्किङस्थल व्यवस्थापनलगायतका काम अझै बाँकी छन् । पाँच बिघा क्षेत्रफलमा उक्त बसपार्क निर्माण गरिँदै छ ।

यातायात व्यवसायीले भने संरचना निर्माण संरचना निर्माण गर्न आफूहरूबाट कर उठाएको बताएका छन् । पार्किङ शुल्क पनि बढी लिने गरेको व्यवसायीको गुनासो छ । अझै पेट्रोलपम्प, क्यान्टिन, टर्मिनल भवन, यात्रु प्रतिक्षालय, स्वास्थ्य जाँच, सिसी क्यामेरा, ग्रिनपार्क, शौचालयलगायतको उचित व्यवस्थापन हुनसकेको उनीहरुको आरोप छ ।

विसं २०५३ अघि हाल उपमहानगरपालिकाको कार्यालयभन्दा दक्षिणतर्फको पार्कमा तुलसीपुर बसपार्क थियो । सो बसपार्क २०५३ फागुनमा पातुखोलाको किनारमा स्थानान्तरण गरिएको थियो । त्यसको २१ वर्षपछि आधुनिक बसपार्क निर्माण सुरु भएको हो । निर्माणको जिम्मा शिवशक्ति कन्स्ट्रक्सनले लिएको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ५४ बजे

वैशाख १ को सन्देशले बिच्किएका ओलीले जब पूर्वराष्ट्रपति भण्डारीलाई फोनमा भने- तपाईंको सदस्यता पेन्डिङमा गयो

काठमाडौ– नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई अध्यक्ष पुष्पकमल

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशत छुट  

काठमाडौं– एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत (तस्बिरहरू)

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर