संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन « Khabarhub

संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको डाक्टर किरण नकर्मीले जानकारी दिएका छन्।

शरिरको अधिकांश भाग जलेका कारण उनलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। ​

मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए ।

तत्काल प्रहरीले आगो निभाएर अस्पताल लिँदा गम्भीर घाइते उनको शरीरको ८० प्रतिशत भाग जलेको पाइएको थियो।

मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको