मानव तस्करीमार्फत ओमान पुगेर पीडित हुनु भएको छ ?  « Khabarhub

मानव तस्करीमार्फत ओमान पुगेर पीडित हुनु भएको छ ? 



दोहा- रोजगारीका लागि दलाल वा मानव तस्करमार्फत ओमान पुगेका नेपालीले अब रोयल ओमान प्रहरीलाई फोन गर्नसक्ने भएका छन् । ओमानस्थित नेपाली दूतावासका अनुसार यदि तपाईँको काम भनिएको भन्दा फरक छ वा तोकिएको तलब पाउनुभएको छैन भने तपाईँ मानव तस्करीको सिकार हुनुभएको हो।

तपाईँ निम्नअनुसारका कुनै समस्याबाट पीडित हुनुहुन्छ?  

-पासपोर्ट आफूसँग छैन।
-पाउने तलब सुविधा सम्झौता-पत्रमा उल्लेख गरिए भन्दा कम छ।
-बिना अतिरिक्त पारिश्रमिक सम्झौता-पत्रमा तोकिएको भन्दा बढी समय काम गर्न बाध्य पारिएको छ।
-साप्ताहिक बिदा दिइँदैन। साप्ताहिक बिदाको दिनमा काम गरे बापत क्षतिपूर्ति/अतिरिक्त पारिश्रमिक पनि पाइँदैन।
-रोजगारदाताले भिसा प्रदान गरेबापत शुल्क तिर्नु पर्ने बताउँछ।
-रोजगारदाताले आवास, उपचार खर्च र खाना दिए बापत पैसा तिर्नु पर्ने बताउँछ। यस मुलुकमा ल्याए बापत स्पोन्सर वा -काम दिने एजेन्सीलाई पैसा तिर्नु पर्छ।
-यदि कामको अवस्थाबारे यहाँको प्रहरी वा श्रम मन्त्रालयमा कुनै उजुरी गरेमा रोजगारदाताले देश निकाला गर्ने धम्की दिएको छ।
-काम गर्ने स्थानमा घरपरिवारका सदस्यहरूद्बारा मलाई शारीरिक दुर्व्यवहार गरिनुका साथै अनुचित तरिकाले          संवेदनशील अंगहरूमा स्पर्श गरिन्छ।
-रोजगारदाताले कुटपिट गर्छ वा हिंसाको धम्की दिन्छ।
-पुरूषहरूसँग शारीरिक सम्पर्क गर्न बाध्य पारिन्छ।
-वेश्यावृत्ति त्यागेर नेपाल फर्कन चाहन्छु तर रोजगारदाताले जान दिँदैन।

यदि माथि उल्लेखित कार्यहरु तपाईंले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा भोग्नु भएको छ भने तपाई मानव बेचबिखन/तस्करीको पीडित हुनुहुन्छ। याद राख्नुहोस्, तपाईँ पीडित हो, अपराधी होइन। रोयल ओमानी प्रहरी तपाईँको मद्दत गर्न तयार छन्। उनीहरूलाई यस्ता पिडितहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिइएको छ। उनीहरूले तपाईँलाई तपाईँको रोजगारदाताबाट बचाउन सक्छन्। उनीहरूले तपाईँको यस दुःखद अवस्थाको अन्त्य गर्न सक्छन्।

के गर्नु पर्छ ?
यदि तपाईँलाई हिँडडुल गर्न दिइन्छ भने नजिकैको रोयल ओमान प्रहरीको कार्यालयमा गएर तपाईँको समस्या राख्नुहोस्। यदि तपाईँ आफैँ प्रहरीकोमा जान सक्नुहुन्न भने तपाईँ आफ्नो साथी-भाइको मद्दतले आफ्नो समस्या प्रहरीकोमा पुर्‍याउन सक्नुहुनेछ।

रोयल ओमान प्रहरीकोमा फोन गर्नुहोस्
८०० ७७ ४४४
फोन निःशुल्क हुन्छ। कर्मचारीहरू अंग्रेजी र अरबिक दुवै बोल्न सक्छन्। यदि तपाईँ अरबीक वा अंग्रेजी बोल्न जान्नु हुन्न भने जान्ने मान्छेलाई अनुरोध गर्नुहोस्।

अब के हुन्छ ?
रोयल ओमानी प्रहरीले तपाईँको उजुरीको छानबिन गर्नेछन्। तपाईँको सुरक्षा तथा हितको लागि तपाईँलाई विशेष सुरक्षा गृहमा राख्न सकिने छ। सहयोगी कर्मचारीहरूले तपाईँको सुरक्षा, औषधि उपचार लगायत अन्य आवश्यकताहरूको ख्याल गर्नेछन्।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ०६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल