विमान दुर्घटना : छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने « Khabarhub

विमान दुर्घटना : छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालले जनाएको छ । 

अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए। छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए।  ‘छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ । उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । 

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १२ : १४ बजे

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख