३४ किलो चरेससहित एकजना पक्राउ « Khabarhub

३४ किलो चरेससहित एकजना पक्राउ


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुंगा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका–२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

माहदेवबेँशी–पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १२ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको