गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ जारी « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ जारी


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाएर दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुई वटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू  विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सहभागी संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने विपक्षी बनाइएको मुद्दामाथि सुनुवाइ भइरहेको हो।

लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भर प्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ। गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए।

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको