९ वर्षपछि ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ   « Khabarhub

९ वर्षपछि ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ  


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ज्यान मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलाई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

विसं २०७० जेठ २७ गते मध्यपुरथिमि नगरपालिकाको चार दोबाटोमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको बा ३ च ५३७५ नं को एम्बुलेन्सले बा ४०प ५०७९ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिवशरण रेग्मीको मृत्यु भएपछि कार्की फरार रहेका थिए ।

प्रहरीले कार्कीलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखेर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ४२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर