पर्यटकलाई आकर्षित गर्न सिसाको पुल र साइकल ट्रयाक निर्माण सुरु « Khabarhub

पर्यटकलाई आकर्षित गर्न सिसाको पुल र साइकल ट्रयाक निर्माण सुरु


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

फिक्कल– प्रदेश -१ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्रयाक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरपालिकाले कन्याममा एक सय ५० मिटर लामो सिसाको पुल निर्माणको थालनी गरेको छ । 

नगरप्रमुख रणबहादुर राईले मङ्गलबार उक्त आयोजनाको शिलान्यास गरे । उनले भने , ‘नगरको गौरवको आयोजनाका रूपमा देशमै पहिलो पटक उक्त सिसाको पुलको निर्माण सुरु गरेका छौँ ।’ राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनका अनुसार दीर्घकालीन आयआर्जनको स्रोत पर्यटन हो । 

सिसाको पुलसहितको साइकल ट्रयाक निर्माणले यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुने विश्वास राखिएको छ । प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई वर्षभित्रमा यी आयोजनाको काम सम्पन्न हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए। 

उनका अनुसार सो आयोजनाका लागि नगरपालिका र प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोषको गरी सात करोड ९३ लाख ६४ हजार लागत रहेको छ । आगामी २०८१ माघमा काम सम्पन्न गर्ने गरी बिएस कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर काम सुरु गरेको हो । अत्याधुनिक शैलीमा निर्माण गरिने उक्त सिसाको पुल देशकै लामो भएको नगरपालिकाले दाबी गरेको छ । एक सय ५० मिटर लामो उक्त पुल निर्माण भएपछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका विभिन्न भूभागको अवलोकन गर्न पाउनेछन् ।

यस्तै नगरपालिका र प्रदेश सरकारको नवप्रवर्द्धन साझेदारी कोषको गरी ५५ लाख ५० हजारको लागतमा २०७९ असार मसान्तसम्ममा सक्ने गरी १३ दशमलव पाँच किलोमिटर साइकल ट्रयाक निर्माणका लागि राजलवट निर्माण सेवाले ठेक्का सम्झौता गरी काम सुरु गरेको नगरपालिकाले जनाएको छ । 

पुल र साइकल ट्रयाक सञ्चालनमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागबेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सूर्योदय-६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय-११ को पूर्णेडाँडासम्म साइकल ट्रयाक निर्माण हुनेछ । नगरप्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्रयाक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताए । 

परियोजनाअन्तर्गत सूर्योदय-६ को कन्याममा ५९ लाख ८३ हजारको लागतमा साझा सुविधा केन्द्र निर्माण गरिनेछ । जहाँ ताजा सागसब्जी र तरकारीको संकलन र बिक्री केन्द्र रहनेछ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सिङ गुम्बाको मर्मत गरिनेछ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्र कन्याम लगायतका स्थानमा चारवटा शौचालय निर्माण गरिनेछ । 

उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अर्ग्यानिक उत्पादनसम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारीसम्बन्धी र जैविक मल उत्पादनसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ५० बजे

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काभ्रे– बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी सुरु

पोखरा – पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको पठनपाठन

नक्सापास बिना निर्माण गरिएका संरचना सम्पन्नको प्रमाणपत्रमा रोक

चितवन– चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको

हिरासतबाट छुटेपछि किशोर श्रेष्ठको प्रतिक्रिया: ‘सत्य मरेको छैन, कलम हारेको छैन’

काठमाडौँ – सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतबाट

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौँ– टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट