क्रसर उद्योग बन्द भएपछि निर्माण व्यवसायी मारमा  « Khabarhub

क्रसर उद्योग बन्द भएपछि निर्माण व्यवसायी मारमा 


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– गृह मन्त्रालयको निर्देशनमा जिल्लामा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि निर्माण व्यवसायी मारमा परेका छन्। सबै क्रसर उद्योगहरू बन्द भएपछि सामग्री अभावमा निर्माण कार्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। 

उत्पादित पुरानो सामग्री पनि उठाउन नपाउने र नयाँ उत्पादन पनि रोकिएपछि निर्माणका कामहरू अघि बढ्न नसकेको निर्माण व्यवसायी संघ लमजुङका अध्यक्ष सतिश पराजुलीले बताए। हाल रहेको मापदण्डले जिल्लामा कुनैपनि क्रसर उद्योगहरू सञ्चालन हुन नसक्ने र नयाँ दर्ता गर्न पनि सम्भव नहुने भन्दै ऐन परिमार्जन गर्नुपर्ने उनीहरूको तर्क थियो। 

‘अहिलेको मापदण्डले कुनै क्रसर उद्योगपनि सञ्चालन हुन सक्दैनन। जंगल, खोला र सडकले नछोएको ठाउँ पाउनै सकिदैन’, निर्माण व्यवसायी संघ लमजुङका पूर्व अध्यक्ष पूर्णचन्द्र पोख्रेलले भने, ‘वर्तमान ऐन संसोधन गर्नुपर्छ, पहाड र तराईमा एउटै नियमले काम गर्न सकिदैन।’

गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २५ गते जिल्ला प्रशासन कार्यालय लमजुङले  सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो।

सोहीअनुरूप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन्। लमजुङमा दर्ता भई नवीकरण नभएका ५ वटा र दर्ता नै नभई सञ्चालन भएका दुईवटा गरी सातवटा क्रसर उद्योग सञ्चालनमा थिए। अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ। उद्योगहरूको अनुगमनका लागि समिति पनि गठन गरिएको छ। 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : ५८ बजे

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप