ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी | Khabarhub Khabarhub

ऐतिहासिक पुङ्गजी गुम्बामा आगलागी


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-२ ल्होस्थित हिनाङ्गमा रहेको करिब दुई सय वर्ष पुरानो पुङ्गजी गुम्बा आगलागी भएको छ । आगलागीबाट गुम्बा जलेर पूर्ण रुपमा ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले जानकारी दिए। आज बिहान गण्डकी प्रदेशका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने सहितको टोली हेलिकप्टरमार्फत त्यहाँ पुगेर आगलागीबाट क्षतिग्रस्त गुम्बाको स्थलगत अवलोकन गरेको उनले बताए ।

मंगलबार अपराह्न करिब ४ बजेदेखि गुम्बामा आगलागी भएको अनुमान गरिएको प्रजिअ आचार्यको भनाइ छ । आगलागीबाट मन्दिरभित्र रहेका सबै मूर्ति, ऐतिहासिक ग्रन्थहरुका साथै ताम्रापत्रहरु जलेर नष्ट भएका छन् । उक्त गुम्बा गएको वर्ष मात्रै पुनः निर्माण गरिएको थियो । 

अनुगमन टोलीमा सहभागी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले सोलारका लागि प्रयोग भएको तारमा सर्ट भएपछि  गुम्बामा आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताए।  ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण मानिएको उक्त गुम्बामा भएको आगलागी स्थानीयको सहयोगमा गए राति अबेर नियन्त्रणमा आएको उनको भनाइ छ ।

गुम्बामा भएको आगलागीका कारण ३० करोडभन्दा बढीको क्षति भएको हुनसक्ने गोरखा क्षेत्र नं १ ९१० का प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपानेले जानकारी दिए। उनले सदरमुकाम फर्किएलगत्तै आगलागीका बारेमा संघीय र प्रदेश सरकारलाई जानकारी गराउने र पुनःनिर्माणका लागि पहल गर्ने बताए । समुन्द्र सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको सबै सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : २७ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको