क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ « Khabarhub

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  क्रोएसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भएका २९ वर्षीय साहिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । ८ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बस्नेतलाई प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । 

वैदेशिक रोजगारीमा क्रोएसियाको कम्पनीमा मासिक १ लाख भन्दा बढी कमाई हुने गरी बस्नेतले फुडप्याकिङको काम लागाइदिन्छु भन्दै पीडितहरुबाट रकम ठगी गरेको उनीमाथि आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले  उनलाई पक्राउ गरेको छ । बस्नेतले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरेको खबर वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।   

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको