कालीगण्डकी नदीमा पुल निर्माण तीव्र गतिमा « Khabarhub

कालीगण्डकी नदीमा पुल निर्माण तीव्र गतिमा


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको  पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

संघीय सरकारको २४ करोडको लागतमा पुल निर्माण  सुरु भएको हो । आर्थिक वर्ष ०७३-७४ मा  सम्झौता गरी आव ०७९-८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिल्डर्स एन्ड रमण जेभीले ठेक्का सम्झौता भएको जनाइएको छ । 

हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण  भएको छ । नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण  भइरहेको उनले बताए ।

पुलको लम्बाइ दुई सय १० र चौडाइ १०.५० मिटरको हुनेछ ।  निर्माण समितिका सचिव डानस मल्लले सो स्थानमा केही वर्षअघि झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिए । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको