कालीगण्डकी नदीमा पुल निर्माण तीव्र गतिमा | Khabarhub Khabarhub

कालीगण्डकी नदीमा पुल निर्माण तीव्र गतिमा


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको  पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए ।

संघीय सरकारको २४ करोडको लागतमा पुल निर्माण  सुरु भएको हो । आर्थिक वर्ष ०७३-७४ मा  सम्झौता गरी आव ०७९-८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिल्डर्स एन्ड रमण जेभीले ठेक्का सम्झौता भएको जनाइएको छ । 

हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण  भएको छ । नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण  भइरहेको उनले बताए ।

पुलको लम्बाइ दुई सय १० र चौडाइ १०.५० मिटरको हुनेछ ।  निर्माण समितिका सचिव डानस मल्लले सो स्थानमा केही वर्षअघि झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिए । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ५६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि