प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर) « Khabarhub

प्रेम आचार्यको न्यायका लागि काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् । 

काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि वधशाला ?, अर्को जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?, ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए । 

नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । 

 


 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ५० बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित