गाउँपालिकालाई तरकारी उत्पादन गर्न एक करोड सहयोग « Khabarhub

गाउँपालिकालाई तरकारी उत्पादन गर्न एक करोड सहयोग


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि एक करोड सहयोग गर्ने भएको छ । सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ । तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध हुने भएको उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माको पहलमा कार्यक्रम स्वीकृत भएको अध्यक्ष स्याङ्बोको भनाइ छ । गाउँपालिका तराई र भारतसँग सीमा जोडिएकाले यहाँबाट तरकारी निर्यात भइरहेको छ । ढुवानी सस्तो पर्ने भएकाले भारतीय व्यापारीहरु यही आएर खरिद गर्ने गरेका छन्  । कम लागतमा गुणस्तरीय तरकारी उत्पादन गर्ने गरी काम सुरु गरिने गाउँपालिकाको भनाइ छ । यो क्षेत्रमा तरकारी उत्पादन राम्रो हुने गरेको छ । यहाँ उत्पादन भएको तरकारी झापा, मोरङ, सुनसरी हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । 

नेपालमा रासायनिक मल प्रयोग भएका भारतीय तरकारी आयात भइरहेको र त्यस्ता तरकारीले स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको भन्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले आफूहरूले प्राङ्गारिक मल नै प्रयोग गर्ने बताए ।

स्थानीय उत्पादनलाई आयातित तरकारीसँग प्रतिस्पर्धा गर्नसक्ने गरी कार्यक्रम सञ्चालन गरिने उनको दाबी छ । किसानलाई बिउ र कृषि औजार अनुदानमा उपलब्ध गराइने भएकाले तरकारी उत्पादन भारतको तुलनामा सस्तो पर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : ३३ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित