भारतीय सेनाले सैनिकलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने « Khabarhub

भारतीय सेनाले सैनिकलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न तथा हात हालाहालको अवस्थामा चुस्तताका लागि भारतीय सेनाले सैनिकहरुलाई ‘मार्शल आर्ट्स’ को तालिम दिने भएको छ । भारतीय सेनाप्रमुख जनरल मनोज पाण्डेले शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि सैनिकहरुलाई विशेष ‘मार्शल आर्ट्स’ को तालिम दिन लागिएको बताएका हुन् ।

रक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय अनलाइन द प्रिन्टले जनाएअनुसार ‘मार्शल आर्ट्स’ तालिममा सैनिकलाई घरेलु हतियारको प्रतिरोध गर्न पनि प्रशिक्षण दिइनेछ ।

यसअघि भारतीय सेनामा सैनिकलाई ‘मार्शल आर्ट्स’ को विशेष तालिमको व्यवस्था थिएन । यद्यपि भारतीय सेनाका गोर्खा, आसाम र नागा एकाईमा तैनाथ सैनिकलाई भने एकाईअनुसार आफ्नै मौलिक एवम् विशिष्ट किसिमको ‘मार्शल आर्ट्स’ को प्रशिक्षण दिने गरिएको द प्रिन्टले उल्लेख गरेको छ ।

युद्धको प्रकृति परिवर्तन हुँदै गएको र सैनिकलाई सबै किसिमबाट चुस्त राख्नका लागि भारतीय सेनाले नयाँ तालिमको योजना अघि सारेको हो ।

पछिल्लो समय सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच बेलाबेला हात हालाहालको अवस्था सिर्जना भएको सन्दर्भमा भारतीय सेनाले नयाँ प्रशिक्षण योजना ल्याएको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ६ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया