स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी सुधार ल्याउँछौं : मन्त्री गिरी « Khabarhub

स्वास्थ्य क्षेत्रका समस्या पहिचान गरी सुधार ल्याउँछौं : मन्त्री गिरी


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पर्वत– स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने बाचा गर्छु ।’

कार्यक्रममा उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ ।

हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौँआगामी ५ वर्षभित्र सातवटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ । सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहँदैन,’ मन्त्री गिरीले भने । उनले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने बताएका छन् ।

‘गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्‍याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउनेगरी काम गर्नेछौं’, उनले भने ‘म अब काम गर्नुपर्ने ठाउँमा छु । कसैप्रति आलोचना गर्ने ठाउँमा छैन । अफ्ठेरा छन्, चुनौती छन् । तर, यी चुनौती र अफ्ठेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ । इतिहासले बारम्बार अवसर दिदैन, थोरै समय अवसर दिन्छ । काम गरेर देखाउन सकियो भने इतिहासमा दर्ज हुन्छ, नत्र यस्ता मन्त्री धेरै आए, गए । इतिहासमै सीमित भए ।’

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ४१ बजे

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय