कर्णालीका चार मन्त्रीले लिए शपथ « Khabarhub

कर्णालीका चार मन्त्रीले लिए शपथ


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा आज चार जना मन्त्रीले पद तथा गोपनीयताकाे शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्रिमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाइ र जितबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए ।

यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजना मन्त्री मन्त्रीको शपथ लिए ।

यस्तै पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका एमालेबाट विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । 

यो मन्त्री मण्डलमा दलित , महिला कुनै पनि सहभागी गराएको छैन ।  पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले बुधबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ४० बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६