सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने « Khabarhub

सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सूचना प्रविधिको उपयोग गरी एकीकृत प्रणाली सुरु गर्न नियामक निकाय एकजुट हुनुपर्ने बताए । 

‘दर्ता र सूचीकरणका लागि विभिन्न नियामक निकायलाई पटक-पटक शुल्क र एउटै कागजपत्र बुझाउनुपर्ने गुनासो आइरहेको छ’, उनले भने, ‘अब सञ्चारमाध्यमको उक्त समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ ।’ सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले सञ्चारमाध्यमको सहजताका लागि एकीकृत प्रणाली लागू गर्न विभाग तयार रहेको स्पष्ट पारे । उनले भने, ‘सबैको सहकार्य र समन्वयमा एकीकृत प्रणाली लागू गर्न आवश्यक छ । उचित योजनाका लागि स्रोतको समस्या छैन ।’

बैठकमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले सूचना तथा प्रसारण विभागमा दर्ता भएको सञ्चारमाध्यमको विवरण सबै नियामक निकायमा पुग्नुपर्ने बताए। उनले विज्ञापन बजारमा सञ्चार योजना बनाउनका लागि सबै सञ्चारमाध्यमको वर्गीकरण हुनुपर्नेमा जोड दिए । ‘सञ्चारमाध्यम वर्गीकरण नहुँदा विज्ञापन बजारमा कसरी ‘मिडिया प्लानिङ’ गर्ने रु कुन सञ्चारमाध्यम कति र कहाँ लोकप्रिय छ ? भन्ने विवरण पाउन गाह्रो छ’, उनले भने । विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि नियामक निकायको ध्यान जानुपर्ने उनको भनाइ छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले न्यूनतम पारिश्रमिक निर्धारणका लागि श्रमजीवी पत्रकारसम्बन्धी ऐन-२०५१ संशोधन तथा समीक्षा हुनुपर्नेमा जोड दिए। सीमित स्रोत र जनशक्तिका कारण अनुगमन प्रभावकारी बनाउन नसकेको उनले गुनासो गरे। उनले ऐन संशोधन गरी तहगत पद विभाजनका लागि सिफारिस गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए । 

बैठकमा पत्रकारको योग्यता, सेवाग्राहीको सहजता, आचारसंहिताको कार्यान्वयन, सञ्चारकर्मीको सेवा सुविधा, विज्ञापन चुहावट, न्यूनतम पारिश्रमिक र लोककल्याणकारी विज्ञापनलगायतका विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ५१ बजे

एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु–१९ प्रिमियर

उत्तरी नाका खुलाउन किन चासो दिएन सरकारले ?

काठमाडौं- दश वर्षअघि सरकारले रसुवागढी–केरुङलाई उत्तरतर्फको प्रमुख व्यापारिक नाका घोषणा

राप्रपाको १६ बुँदे निर्णय : पूर्वराजा, दल र जेन-जीबीच खोज्यो नयाँ सहमति, मंसिर २३ गते शक्ति प्रदर्शन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले

सोलुखुम्बुबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

सोलुखुम्बु– नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु