सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने « Khabarhub

सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सूचना प्रविधिको उपयोग गरी एकीकृत प्रणाली सुरु गर्न नियामक निकाय एकजुट हुनुपर्ने बताए । 

‘दर्ता र सूचीकरणका लागि विभिन्न नियामक निकायलाई पटक-पटक शुल्क र एउटै कागजपत्र बुझाउनुपर्ने गुनासो आइरहेको छ’, उनले भने, ‘अब सञ्चारमाध्यमको उक्त समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ ।’ सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले सञ्चारमाध्यमको सहजताका लागि एकीकृत प्रणाली लागू गर्न विभाग तयार रहेको स्पष्ट पारे । उनले भने, ‘सबैको सहकार्य र समन्वयमा एकीकृत प्रणाली लागू गर्न आवश्यक छ । उचित योजनाका लागि स्रोतको समस्या छैन ।’

बैठकमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइले सूचना तथा प्रसारण विभागमा दर्ता भएको सञ्चारमाध्यमको विवरण सबै नियामक निकायमा पुग्नुपर्ने बताए। उनले विज्ञापन बजारमा सञ्चार योजना बनाउनका लागि सबै सञ्चारमाध्यमको वर्गीकरण हुनुपर्नेमा जोड दिए । ‘सञ्चारमाध्यम वर्गीकरण नहुँदा विज्ञापन बजारमा कसरी ‘मिडिया प्लानिङ’ गर्ने रु कुन सञ्चारमाध्यम कति र कहाँ लोकप्रिय छ ? भन्ने विवरण पाउन गाह्रो छ’, उनले भने । विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि नियामक निकायको ध्यान जानुपर्ने उनको भनाइ छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले न्यूनतम पारिश्रमिक निर्धारणका लागि श्रमजीवी पत्रकारसम्बन्धी ऐन-२०५१ संशोधन तथा समीक्षा हुनुपर्नेमा जोड दिए। सीमित स्रोत र जनशक्तिका कारण अनुगमन प्रभावकारी बनाउन नसकेको उनले गुनासो गरे। उनले ऐन संशोधन गरी तहगत पद विभाजनका लागि सिफारिस गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिए । 

बैठकमा पत्रकारको योग्यता, सेवाग्राहीको सहजता, आचारसंहिताको कार्यान्वयन, सञ्चारकर्मीको सेवा सुविधा, विज्ञापन चुहावट, न्यूनतम पारिश्रमिक र लोककल्याणकारी विज्ञापनलगायतका विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ७ : ५१ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,