प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान « Khabarhub

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानीमन्त्री अब्दुल खानले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने छु ।”

खानेपानीका विषयमा आउने गरेका समस्या तथा गुनासाका विषयमा मन्त्रालयमा कल सेन्टर अथवा सुझाव स्थापना गर्ने जानकारी दिँदै उनले भने, “नागरिकका गुनासा सुन्नका लागि हामीले कल सेन्टर स्थापना गर्ने छौँ, कल सेन्टरमा आएका गुनासा तत्काल समाधान गर्नका लागि एउटा छुट्टै समिति बनाइने छ र समस्या समाधान गर्ने छौँ ।”

यसैगरी मन्त्री खानले खानेपानी मन्त्रालयले सञ्चालन गरेका योजनामा अवरोध भएको भए कहाँ, कसरी र कुन निकायबाट अवरोध भयो त्यसका विषयमा आफूलाई जानकारी दिनसमेत कर्मचारीलाई निर्देशन दिए । सोही क्रममा उनले आफू नेपाली जनताको सेवाका लागि मन्त्री भएको र नेपाली जनतालाई सेवा दिन हर हमेसा प्रयासरत रहने बताए । कर्मचारीले पनि इमान्दारिताका साथ आफ्नो काममा लगनशील हुनुपर्ने मन्त्री खानको भनाइ थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ०५ बजे

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की