प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान | Khabarhub Khabarhub

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खानेपानीमन्त्री अब्दुल खानले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने छु ।”

खानेपानीका विषयमा आउने गरेका समस्या तथा गुनासाका विषयमा मन्त्रालयमा कल सेन्टर अथवा सुझाव स्थापना गर्ने जानकारी दिँदै उनले भने, “नागरिकका गुनासा सुन्नका लागि हामीले कल सेन्टर स्थापना गर्ने छौँ, कल सेन्टरमा आएका गुनासा तत्काल समाधान गर्नका लागि एउटा छुट्टै समिति बनाइने छ र समस्या समाधान गर्ने छौँ ।”

यसैगरी मन्त्री खानले खानेपानी मन्त्रालयले सञ्चालन गरेका योजनामा अवरोध भएको भए कहाँ, कसरी र कुन निकायबाट अवरोध भयो त्यसका विषयमा आफूलाई जानकारी दिनसमेत कर्मचारीलाई निर्देशन दिए । सोही क्रममा उनले आफू नेपाली जनताको सेवाका लागि मन्त्री भएको र नेपाली जनतालाई सेवा दिन हर हमेसा प्रयासरत रहने बताए । कर्मचारीले पनि इमान्दारिताका साथ आफ्नो काममा लगनशील हुनुपर्ने मन्त्री खानको भनाइ थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ०५ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको