उत्तरी गोरखामा भारी हिमपात « Khabarhub

उत्तरी गोरखामा भारी हिमपात


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए ।

“मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।”

उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उनको भनाइ छ ।

“पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ”, स्थानीयवासी दोर्जेले भने, “केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन पर्‍यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।”

अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताए । “यो वर्ष ढिलो गरि हिमपात भयो”, उनले भने, “हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।”

हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उनले जानकारी दिए । “हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ”, दोर्जेले भने, “वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।”

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ०८ बजे

युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न युरोपेली नेता तयार

बर्लिन- युक्रेनमा जारी युद्ध अन्त्यका लागि युरोपेली नेताहरूले रुससँग वार्ता गर्न

प्रधानमन्त्री बालेन आइतबार दिल्ली जाने, के-के छन् कार्यक्रम ?

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार  भारतको राजकीय भ्रमणमा जाने

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौँ– पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित,

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न बस्यो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज