किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह « Khabarhub

किसानलाई सहजरुपमा मल उपलब्ध गराउँछुः कृषिमन्त्री साह


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको बेथिति सुधार गर्दै किसानलाई सहजरुपमा मल उपलब्ध गराउने बताएकी छिन् ।

बारा उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले किसानले भोग्दै आएका समस्यालाई क्रमशः सुधार गरेर अगाडि बढ्ने बताइन् ।

उनले मुुलुक कृषि क्षेत्रको विकासमार्फत् नै आत्मनिर्भर हुने भन्दै कृषि क्षेत्रका योजना कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री साहले कलैयामा आधुनिक कृषि बजार निर्माण गर्ने भन्दै कृषि बजार बनाउन छिट्टै प्रक्रिया सुरु गर्ने बताइन् । जिल्लामा उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधानका लागि आफूले पहल गर्ने पनि उनको भनाइ छ ।

कार्यक्रममा संविधानसभाका सदस्य प्रमोद गुप्ता, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, सङ्घका पूर्वअध्यक्ष तेजनारायण साह, सङ्घका वर्तमान महासचिव रामअशिष साहलगायतले आफ्नो विचार व्यक्त गर्दै जिल्लाको सम्रग विकासमा चासो राखेर काम गर्न मन्त्री साहलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ५० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने