नाइजेरियामा नयाँ राष्ट्रपतिका चुनौती | Khabarhub Khabarhub

नाइजेरियामा नयाँ राष्ट्रपतिका चुनौती


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नाइजेरियामा हुने राष्ट्रपति पदको निर्वाचन धेरै अर्थमा चासोको विषय बनेको छ। विशाल जनसङ्ख्या, त्यस देशले ओगटेको धेरै भूगोल तथा अफ्रिकाको अर्थ राख्ने नाइजेरियाका केही चुनौती छन्। मोहम्मद बुहारीलाई प्रतिस्थापन गर्ने निर्वाचनमा जो कोही विजयी भए पनि केही चुनौतीको सामना भने पक्कै गर्नु पर्ने छ।

गत वर्ष यसै समयमा रुसले युक्रेनमा आक्रमण गरेको हो। २४ फेब्रुअरीको दिन रुसले आक्रमण गरेको थियो। उता रुसले गरेको आक्रमणको एक वर्षको असर नाइजेरियामा पनि त्यत्तिकै देखियो। खाद्य संकट तथा मुद्रास्फीतिको मारमा देश परे पछि सर्वत्र संकट थपिएको छ। यस बिचमा धेरै निर्यात भएको छ भने विदेशी मुद्रामा संकट उत्पन्न भएको छ। सीमा बन्द भए पछि त्यसको असर पनि त्यत्तिकै छ।

सन् २०२२ मा मुद्रास्फीति १९ प्रतिशत छ। यो दुई वर्षको सबैभन्दा धेरै हो। मुख्य खाद्यान्नमा मुद्रास्फीतिको असर कम छ। तर, अन्य धेरै कुराको मूल्य बढ्दो छ। गोलभेँडा र आलुको मूल्यमा भने व्यापक वृद्धि भएको छ। नयाँ आउने राष्ट्रपतिको लागि त्यो महत्त्वपूर्ण चुनौती हो। खाद्य संकट अहिलेको मुख्य समस्या हो। यो चुनावी मुद्दासमेत बनेको छ। सार्वजनिक ऋणको टिकाउ पूर्ण अवस्था अहिले चिन्ताको विषय बनेको छ।

देशले ओगटेको धेरै भूगोल तथा अफ्रिकाको अर्थ राख्ने नाइजेरियाका केही चुनौती छन्। मोहम्मद बुहारीलाई प्रतिस्थापन गर्ने निर्वाचनमा जो कोही विजयी भए पनि केही चुनौतीको सामना भने पक्कै गर्नु पर्ने छ।

अहिले बजार मूल्यलाई यथावतै राख्ने हो भने जनताको जीवन स्तरमा समस्या देखिन सक्ने छ। मूल्यमा नियन्त्रण गरेमा सरकारले गरेको लगानी बराबरको पैसा पाउने छैन। यस अवस्थामा सरकार घाटामा जाने छ।

नाइजेरिया मात्र होइन संसारका धेरै देश अहिले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने समस्यामा फसेका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारले घाटा सहेर यसलाई समायोजन गरेको छ।

अहिले बजारमा ऋण थपिएको छ। धेरै देशका आर्थिक क्षेत्र अलमलिएको छ। सामुदायिक ऋणको अवस्थाका बारे सरकार नै अन्योलमा छ। आयकर उठाउन समेत सरकारलाई कठिन भएको छ। समस्यामा आर्थिक अनुशासनका प्राय दायरा भङ्ग भएका छन्। थुप्रै तेल उत्पादक कम्पनी पनि बजारमा आफ्नो उत्पादनलाई बिक्री गर्न असमर्थ भएका छन्।

अफ्रिकाको सबै भन्दा ठुलो तेल उत्पादक कम्पनी नाइजेरियाका लागि यो नै विदेशी मुद्राका लागि सबैभन्दा भरपर्दो आधार हुन पर्ने हो। तर, नाइजेरियाको हकमा यसो हुन सकेको छैन । यहाँको तेल चोरी भएको छ या यसको दुरुपयोग भएको छ। बजारमा तेलको बिक्री सन् २०२२ मा गएको तीन वर्षमै सबैभन्दा कम हो।

नाइजेरिया मात्र होइन संसारका धेरै देश अहिले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने समस्यामा फसेका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सरकारले घाटा सहेर यसलाई समायोजन गरेको छ।

तेल तस्करी र चोरी नै अहिले नाइजेरियाको आर्थिक दुरावस्थाको एउटा प्रमुख कारण बनेको छ। यसै कारण नाइजेरिया तेल उत्पादन राष्ट्रमध्ये सबैभन्दा कमजोर अवस्था भएको देश ठहर भएको छ।

नाइजेरियाको आधा जनसङ्ख्या १८ वर्ष भन्दा कम उमेरमा छन्। यस कारण त्यस देशले कसरी समस्या समाधान गर्न सक्छ र आगामी पुस्ताको भविष्य कुन दिसामा जाने हो भन्ने अन्योल भएको छ।

आर्थिक विषय सन्तुलनमा राख्न तथा युवाको भविष्य सुनिश्चित गर्ने चुनौती अब आउने नेतृत्वका सामु हुनेछ। यस निर्वाचनमा युवा मतदाताको उपस्थिति बाक्लो छ। ४० प्रतिशत मतदाता ३५ वर्ष भन्दा कम उमेरमा छन्। उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा हुनेहरूकै लागि यो निर्वाचन उपयुक्त परिणामको आधार हुनसक्ने छ।

धेरै नाइजेरियालीको चासोको विषय नै रोजगारी हो। यस कारण रोजगारी त्यहाँको मुख्य मुद्दा हो। कोभिड सङ्क्रमण एउटा ठुलो समस्या त हुँदै हो। तर, बेरोजगारी समस्या कोरोना भाइरसको उत्पत्ति भन्दा अगाडि नै बढी सकेको थियो।

सन् २०१५ देखि नाइजेरियामा आर्थिक वृद्धि भएको थियो। त्यसै आर्थिक वृद्धिका कारण नाइजेरिया समुन्नत विकासका लागि तल्लीन थियो। अहिले १५ देखि २४ वर्षका युवाको माझमा रोजगारीको आकाङ्क्षा बढ्दो छ। यथार्थमा त्यो आकाङ्क्षा पुरा गर्न सकिन बनेको छ। युवा भविष्य अनिश्चित हुनको मुख्य कारण कम आर्थिक वृद्धि भएको तर्क धेरैले गर्ने गरेका छन्। तर अर्थशास्त्री त्यो मात्र भने पक्कै नभएको बताउँछन्।

नाइजेरियाको आधा जनसङ्ख्या १८ वर्ष भन्दा कम उमेरमा छन्। यस कारण त्यस देशले कसरी समस्या समाधान गर्न सक्छ र आगामी पुस्ताको भविष्य कुन दिसामा जाने हो भन्ने अन्योल भएको छ।

अर्थशास्त्रीले दुरावस्थाको अन्य कारण पनि भएको जनाउँछन्। सीमामा गरिएको कडाइका कारण विदेशी मुद्रा आर्जनमा समेत अप्ठेरो भएको उनीहरूको मत छ। यसैका कारण लगानी निरुत्साहित भएको ठहर अर्थशास्त्रीको छ।

केही भौतिक संरचनाको पुर्निर्माण गर्ने तथा लगानी भित्र्याउने कार्यले व्यापारको स्तरलाई बढाउन सक्ने छ। अहिले ऊर्जा संकट पनि नाइजेरियाको ठूलो समस्या बनेको छ। विश्व बैङ्कको तथ्यांक अनुसार ५५ प्रतिशत मानिस मात्र विद्युतको पहुँचमा छन्। नाइजेरियाका ३६ प्रतिशत मात्र इन्टरनेटको पहुँचमा छन्। यो अवस्था भनेको पश्चिम अफ्रिकाको बिचको अवस्था हो।

अर्थतन्त्र मात्र नाइजेरियामा बढ्दै गएको हिंसा नियन्त्रण त्यहाँको अर्को समस्या हो। सन् २०१५ मा बुहारी पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुँदा उत्तर पूर्वमा प्रभाव जमाएको सैन्य सङ्गठन बोका हराम मुख्य चासोको विषय थियो।

अपहरण,राजनीति लक्षित आक्रमण, किसानलाई दिइएको तनाव, आतङ्ककारी अपराध लगायत विषय त्यस समयका समस्या थिए। पूर्वी क्षेत्रमा पृथकतावादी गतिविधि र राज्यबाट आम नागरिकलाई विमुख बनाउने काम गरिएको थियो। उत्तर पूर्वका धेरै समस्या अहिले देशभर नै फैलिएका छन्।

संसारमा विद्यालय नजाने बालबालिकामा नाइजेरियाका पाँच मध्ये एक रहेका छन्। पाँचदेखि ११ वर्षको उमेरका ४० प्रतिशत विद्यालयमा नहुनु त मुख्य चासोको विषय बनेको छ। उत्तरी भागमा निरक्षरको सङ्ख्या बढी छ। असुरक्षाका कारण यो सङ्ख्या बढेको हो। तर, लैङ्गिक भेदभाव र गरिबी यसका थप कारण हुन्।

निर्वाचनको पूर्व सन्ध्यामा नाइजेरियामा पृथकतावादी गतिविधि मच्चाउने एक नेता फिनल्यान्डमा गिरफ्तार भएका छन्। सामाजिक सञ्जाललाई हिंसा भड्काउनका लागि प्रयोग गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो। दक्षिण पूर्वमा रहेको पृथकतावादी समूह इन्डेजेनियस पिपुल अफ बायफ्रा (आइपोब)को उनले नेतृत्व गरेका छन्।

संसारमा विद्यालय नजाने बालबालिकामा नाइजेरियाका पाँच मध्ये एक रहेका छन्। पाँचदेखि ११ वर्षको उमेरका ४० प्रतिशत विद्यालयमा नहुनु त मुख्य चासोको विषय बनेको छ।

बहिस्कारको पक्षमा वकालत गर्ने उनका कार्यकर्ताबाटै निर्वाचनमा उम्मेदवारमाथि आक्रमण समेत भएको छ। गिरफ्तार भएका सिमोन एक्पा नाइजेरिया मूलका फिनिस नागरिक हुन्। उनले त्यहाँ भएको हिंसात्मक गतिविधिमा आफ्नो कुनै भूमिका नभएको बताउँदै आएका छन्। उनले ती सबै कुराको कारक नाइजेरिया सरकार भएको बताएका छन्। केही प्रश्न सोधी सकेर उनलाई रिहाइ गरिएको छ।

उनले अवैध रूपले चन्दा आतङ्क मच्चाएको तथा धम्क्याएर पैसा उठाएको आशङ्का रहेका कारण प्रहरीले त्यस विषयमा पनि छानबिन गरी रहेको छ। इपोब र नाइजेरियाका सुरक्षा अधिकारीको तनावका कारण नाइजेरियाको दक्षिण पूर्वी क्षेत्रका केही स्थान तनावग्रस्त भएको छ। पछिल्ला पाँच दिनमा मात्र त्यहाँ भएको झडपमा १५ जना मारिएको जनाइएको छ।

बुधबार मात्र विपक्षी दल लेबर पार्टीका सिनेट उम्मेदवार ओइबु चोकुको ज्यान गएको थियो। अल प्राग्रेसिभ कांग्रेस तथा पिपुल्स डेमोक्र्याटिक पार्टीका कार्यकर्तामाथि आक्रमण भएको थियो।

प्रहरीले ती सबै हिंसामा इपोबलाई आरोप लगाएको छ। प्रहरीले त्यस क्षेत्रमा भएका अन्य हमलाको बारे पनि छानबिन सुरु गरेको छ।
नाइजेरियामा अहिले भएका धेरै समस्या मध्ये आर्थिक समस्या र सुरक्षा समस्या दुवै छन्। यी दुवै समस्या अबका नयाँ राष्ट्रपतिका लागि समेत चुनौतीका विषय हुन्। स्रोत : बीबीसी

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २६ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख