राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै « Khabarhub

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति पाउने भए पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहान साढे आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

शुक्रबार बेलुकी अन्य ७ दलले राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन लागेको हो। सात राजनीतिक दलले उम्मेदवार कसलाई भन्ने जिम्मेवारी कांग्रेसमाथि नै छोडेका छन् ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । गोपालमान श्रेष्ठ र मानबहादुर श्रेष्ठले पनि आकांक्षा राखिरहेका छन्।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया