राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै « Khabarhub

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति पाउने भए पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बिहान साढे आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

शुक्रबार बेलुकी अन्य ७ दलले राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन लागेको हो। सात राजनीतिक दलले उम्मेदवार कसलाई भन्ने जिम्मेवारी कांग्रेसमाथि नै छोडेका छन् ।

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । गोपालमान श्रेष्ठ र मानबहादुर श्रेष्ठले पनि आकांक्षा राखिरहेका छन्।

२५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २९ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको