वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह | Khabarhub Khabarhub

वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो ।

नागरिक समाजसम्बद्ध विभिन्न संस्था र स्थानीय सरोकार भएका संस्थासँग यहाँ भएको दुई दिने छलफलमा यस प्रणालीले वैदेशिक रोजगारमा संलग्न हुने कामदारको अधिकार सुरक्षित हुने हुँदा त्यसबाट कामदारले लाभ लिन सक्ने कुरामा जोड दिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइएमओ) नेपालका श्रम आप्रवासन र मानव विकास विभागका प्रमुख प्रज्जवल शर्माले वैदेशिक रोजगारीमा गएका कामदार सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताए । उनले आइरिसका विश्वव्यापी विभिन्न सातबुँदे सिद्धान्तलाई अक्षरशः पालना गर्न आग्रह गर्दै यसले कामदारको अधिकारलाई सुनिश्चित गर्ने बताए ।

“कामदारसँग वैदेशिक रोजगार कम्पनीले जथाभावी शुल्क लिनै पाउँदैनन्”, उनले भने । यो प्रणालीलाई नेपालमा लागू गर्नका लागि सन् २००६ बाट विभिन्न काम भएको र सन् २०२५ सम्मममा सबै वैदेशिक रोजगार कम्पनीलाई यसमा सूचीकृत हुनुपर्ने प्रावधान रहेको छ । आइरिस प्रमाणीकरणको काम सन् २०१८ बाट केही खास मुलुकमा सुरु भएको बताइएको छ ।

वैदेशिक रोजगारीमा रहेकाको अधिकारलाई प्रवद्र्धन गर्न यो मापदण्ड आएको हो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रेशम चापागाईले वैदेशिक रोजगारीमा रहेकाको पक्षमा यो भर्ना प्रणालीले वकालत गरेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेही बनाउन रोजगारदाता र रोजगार व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइरिस सिद्धान्तमा आप्रवासी कामदारबाट भर्ना शुल्क तथा सो सम्बन्धी लागत उठाउन रोक, हिँडडुलको स्वतन्त्रता, रोजगारीका सेवा तथा शर्तमा पारदर्शिता, गोपनीयता तथा विवरण (डाटा) को सुरक्षा, समाधानका उपायमा पहुँच, नैतिक तथा व्यावसायिक संहिताको सम्मान, कानुन तथा कामको आधारभूत सिद्धान्त र अधिकार उल्लेख भएको छ ।

महिला अधिकारकर्मी जया भण्डारीले यो सिद्धान्त पालना भए मात्रै पनि वैदेशिक रोजगारीमा गएकाले सास्ती नपाउने तर्क गर्छन् । श्रमिक भर्नामा आचार विधि प्रवद्र्धन गर्न खडा गरिएको विश्वव्यापी प्रयत्नलाई आइरिस मानिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ५९ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ