वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह « Khabarhub

वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो ।

नागरिक समाजसम्बद्ध विभिन्न संस्था र स्थानीय सरोकार भएका संस्थासँग यहाँ भएको दुई दिने छलफलमा यस प्रणालीले वैदेशिक रोजगारमा संलग्न हुने कामदारको अधिकार सुरक्षित हुने हुँदा त्यसबाट कामदारले लाभ लिन सक्ने कुरामा जोड दिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइएमओ) नेपालका श्रम आप्रवासन र मानव विकास विभागका प्रमुख प्रज्जवल शर्माले वैदेशिक रोजगारीमा गएका कामदार सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताए । उनले आइरिसका विश्वव्यापी विभिन्न सातबुँदे सिद्धान्तलाई अक्षरशः पालना गर्न आग्रह गर्दै यसले कामदारको अधिकारलाई सुनिश्चित गर्ने बताए ।

“कामदारसँग वैदेशिक रोजगार कम्पनीले जथाभावी शुल्क लिनै पाउँदैनन्”, उनले भने । यो प्रणालीलाई नेपालमा लागू गर्नका लागि सन् २००६ बाट विभिन्न काम भएको र सन् २०२५ सम्मममा सबै वैदेशिक रोजगार कम्पनीलाई यसमा सूचीकृत हुनुपर्ने प्रावधान रहेको छ । आइरिस प्रमाणीकरणको काम सन् २०१८ बाट केही खास मुलुकमा सुरु भएको बताइएको छ ।

वैदेशिक रोजगारीमा रहेकाको अधिकारलाई प्रवद्र्धन गर्न यो मापदण्ड आएको हो । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रेशम चापागाईले वैदेशिक रोजगारीमा रहेकाको पक्षमा यो भर्ना प्रणालीले वकालत गरेको उल्लेख गर्दै पारदर्शिता र जवाफदेही बनाउन रोजगारदाता र रोजगार व्यवसायीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आइरिस सिद्धान्तमा आप्रवासी कामदारबाट भर्ना शुल्क तथा सो सम्बन्धी लागत उठाउन रोक, हिँडडुलको स्वतन्त्रता, रोजगारीका सेवा तथा शर्तमा पारदर्शिता, गोपनीयता तथा विवरण (डाटा) को सुरक्षा, समाधानका उपायमा पहुँच, नैतिक तथा व्यावसायिक संहिताको सम्मान, कानुन तथा कामको आधारभूत सिद्धान्त र अधिकार उल्लेख भएको छ ।

महिला अधिकारकर्मी जया भण्डारीले यो सिद्धान्त पालना भए मात्रै पनि वैदेशिक रोजगारीमा गएकाले सास्ती नपाउने तर्क गर्छन् । श्रमिक भर्नामा आचार विधि प्रवद्र्धन गर्न खडा गरिएको विश्वव्यापी प्रयत्नलाई आइरिस मानिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : ५९ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका