‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’ « Khabarhub

‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हो’


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै गठबन्धन ब्यूताएपछि नेकपा एमालेका नेता गोकुल बास्कोटाले आक्रोश पोखेका छन्।

शुक्रबार बेलुकी राष्ट्रपतिको निर्वाचनमा ८ दल एक ठाउँमा उभिने निर्णय गरे पछि वर्तमान सत्ता गठबन्धन भत्किएको बताइएको छ। सोही निर्णयपछि नेता बास्कोटाले माओवादी केन्द्रप्रति लक्षित गर्दै उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै भएको तर्क गरेका छन्।

ट्वीटमार्फत व्यंग्य गर्दै उनले छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भए प्रचण्डले जित्ने दाबी गरेका छन्। माओवादीसँगको सहकार्यमा उत्साह र आशा दुवै नभएको भन्दै बास्कोटाले एमाले निराश हुनुपर्ने कारण नभएको बताएका छन्।

‘उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ। उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो। एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।’ उनले लेखेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ८ : ४३ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा