सुखी हुन आध्यात्ममा लाग्नुपर्छ | Khabarhub Khabarhub

सुखी हुन आध्यात्ममा लाग्नुपर्छ

धर्मका चार वटा खम्बा दया, पवित्रता, सत्यता र तपस्या


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

एउटा सफ्टवयर इन्जिनियरको उपाधि प्राप्त व्यक्ति र पछिल्लो समयमा ज्ञान बाँड्ने काममा आध्यात्ममा लागिरहेका छन्। जीवन र जगत्, धर्म र अधर्म वा योसँग जोडिएका अन्य विषयका ज्ञानलाई बाँड्दै आएका व्यक्तित्व इस्कोन नेपाल र आध्यात्मिक चिन्तकका सचिव रुपेश्वर गौर दाससँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

इस्कोन नेपाल र तपाईंको अबद्धता कसरी रहयो ?
म सबै भन्दा पहिला साइन्स पढेको कुराले यो धर्म तिर ध्यान गएर आधुनिकतामा नै ध्यान गयो। बाहिर जान्छु, घर बनाउँछु कमाउँछु भन्ने थियो। तर, २००४ जनावरीमा रसियन नागरिक पत्र दास जो इस्कोन नेपालका रिजनल सेक्रेटरीसँग भेटे भयो। त्यो बाट उत्साहित भएर उहाँले मलाई आध्यात्मको बारेमा बुझाउनु भयो। गीता भागवत पढे र मैले त्यसमा पनि वैज्ञानिक कुरा भेटे त्यसले जीवनलाई राम्रो बनाउने देखेँ। इस्कोनले सनातन धर्मको ग्रन्थ अनुसार वैज्ञानिक रूपमा त्यसलाई मानेको रहेछ। १८ वर्षदेखि यसमा लागि परेको छु।

२००४ भन्दा अगाडि तपाईं के गर्नु हुन्थ्यो ?
पढ्नु पर्दछ, कमाउनु पर्दछ भन्ने थियो। तर म सुखी हुन चाहन्थे। सबै सुखी हुन्थे तर केही समयको लागि। म सधैं खुसी हुने ठाउँ होला कि भनेर धेरै खोज्न थाले। लामो सोधखोजपछि यो क्षेत्र तिर लागेँ।

खासमा सुख भनेको के हो ?
मेरो सम्पन्न परिवारमा जन्म भएको कारणले खोजेको सबै पाएँ। गाडी बङ्गला, विदेश पढ्न जान घुम्न जाने सबै पाएँ। तर त्यो खुसी छोटो समयको थियो। पहिला म धेरै पशुपति जान्थेँ। त्यहाँ जोगीहरू अनन्दले बसेको देख्ने र त्यो कुराले मलाई आध्यात्म तिर तानेको हो।

अरू विकल्प खोजेर आध्यात्ममा लाग्नु भयो कि ?
आध्यात्ममा धेरै कुरा रहेछ भनेर थाहा पाएँ। पहिला त धेरै कुरा नबुझेको कारणले धेरै अहंकार थियो। मेरो लागि सबै भन्दा राम्रो चिज हुनु पर्दछ भनेर इस्कोनमा आएर सिकेको हुँ। आध्यात्मको राम्रो संस्था कहाँ छ भनी खोज्दा ब्रम्ह कुमारी पुगेँ। ठमेलमा कुसुम दिदीहरूसँग सात दिने कोर्स लिएँ। ओशो तपोवनमा पनि गएँ। मस्जिदमा पनि जान खोजे, बाइबल पढेँ। हाम्रो चार वेद, रामायण महाभारत सबैको ज्ञान पाएर इस्कोन सबै सजिलो लाग्यो। राम्रो काम गरेको जस्तो लाग्यो।

परिवारलाई यो बाटो सही छ भनेर बुझाउन कतिको सजिलो भयो ?
मेरो कोही साथीहरू साथमा नै छैनन्। सुरु गरेँ तर सक्दिन भन्छन्। उनीहरूले भेट्दा तैँले सुख पाइस भन्छन्। उनीहरु धेरै दुःखी छन्। कत्तिको डिभोर्स पनि भएको छ।

केले गर्दा मानिस सुखी हुन्छ र के ले दुःखी हुन्छ ?
सुख र दुःख व्यक्तिगत हुन्छ। कसैले पैसामा सुख देख्छ, कसैले घुम्नमा सुख पाउँछन्। त्यसैले कुनै पनि चिजमा सन्तुष्टि हुनुपर्याे र सुखी हुन्छ। हामीले बाहिरी रूपमा सबै काम गरिरहेका हुन्छौँ। तर भित्री आनन्द त्यसले दिँदैन। पहिला सुख हुने कुरा पनि दैनिक गर्दै जाँदा त्यसले नै दुःख दिन्छ। जस्तो सुरुमा रक्सीले आनन्द दिन्थ्यो भने पछि त्यसले नै धेरै भएपछि पीडा दिन्छ। डिभोर्स किन हुन्छ त उनीहरूमा सहनशक्ति नै छैन। एक अर्कालाई बुझ्न नसक्ने, एक अर्कालाई त्याग्न तयार हुनेसम्म हुन्छन्। त्यसैले आध्यात्मले सहने शक्ति बढाउँछ।

कलेज र स्कुलमा पढेको सिकाइले अहिले आएर कत्तिको काम गर्यो ?
अहिलेको जुन आधुनिक शिक्षा छ त्यसले मान्छेलाई सीप र प्रतिभामा मद्दत गर्दछ। जुन मेरो साइन्सले आध्यात्मलाई बुझ्न सहयोग गरेको छ। तर साइन्सलाई प्रयोग गरेर पनि आध्यात्म बुझ्न सकिन्छ। अहिलेको आधुनिक शिक्षा पर्याप्त छैन किनभने म इन्जिनियर बने। हाम्रो पढाइले हाम्रो सोचाइमा परिवर्तन दिन सकेन। त्यो कुरा भने आध्यात्ममा पाइन्छ।अहिलेको आधुनिक शिक्षा र विज्ञानले पुराना ज्ञान समेटेन। तपाईं पुरानो ज्ञान बाँड्ने क्रममा हुनुहुन्छ। त्यसमा नराम्रा भन्ने पनि हुन्छन्।

अरूले भनेको तितो प्रश्न सुन्दा कस्तो लाग्छ ?
विज्ञानले आधुनिकतालाई समेटेको छ। हाम्रा जति पनि ग्रन्थहरू छन् यी राम्रा छन्। हामीलाई व्यवहारमा काम लाग्ने छन्। ती पुस्तक सर्वव्यापी छन्। मुख्य कुरा सिद्धान्तमा आधारित छन्। जुन कुरा त्यो बेलामा र अहिले लागु हुन्छ। त्यसको व्याख्या गर्न मान्छेले जानेनन् होला जस कारण कति त अन्धविश्वास वा रुढीवाढीको रूपमा पनि लिएको छ। त्यसको लागि म हाम्रो संस्कार, आध्यात्म र धर्म तीन भागमा व्याख्या गर्छु। यो तीन चिजलाई मिलाएर व्याख्या गरेर बुझाउन सक्छौं। त्यो बुझ्नेले एउटै तरिकाले व्याख्या गर्ने गर्दछन्।

तपाईंले धर्मलाई अंगाल्नु भएको छ कि धर्मसँग जोडिएको विचारलाई ?
धर्मलाई नै अङ्गालेको छु। आध्यात्म प्रयोग गरेर धर्म तिर जान खोज्दै छौँ। किनभने धर्म सबै भन्दा सर्वश्रेष्ठ हो। हामी हिन्दुवादी नै हौँ। हिन्दु धर्म सनातन हुन्छ। मैले सबै धर्मको पूजा गर्ने ध्यान गरेर हेर्दा सबै राम्रो हो। एकले अर्कोसँग बाझ्दैन तर जुधाई दिएको छ। सायद कसैको फाइदा होला किनभने धर्मलाई लिएर मान्छेलाई नियन्त्रण र लडाउन सकिएको छ। धेरैले यसलाई आफ्नो फाइदा लिने किसिमले पनि प्रयोग गरेको छन्। आधुनिक रूपमा अहिले जुन धर्म आएका छन् त्यो मान्छेले बुझेको छैन। हाम्रो सनातन धर्म हेर्ने हो भने त्यो हाम्रो जीवनचक्र हो। जीवनमा हामी कसरी बाच्नु पर्दछ भनेर राखेको छ। एउटा मनुष्यले कसरी बाँच्नु पर्दछ, कसरी सुखी हुने भन्ने कुरा हाम्रो सनातन धर्ममा उल्लेख गरिएको छ। त्यता सोच्ने अरू धर्मको मान्छे म कम देख्छु।

अहिलेको मान्छे के को पछाडि दौडिरहेको छ ?
पैसा, अहिले मान प्रतिष्ठा इज्जत सबै पैसामा बिक्यो। कलियुगको यो नै माग हो। चार वटा खम्बा छन् धर्मका जस्तो दया, पवित्रता, सत्यता र तपस्या। यो चार वटामा तीन वटा भंग भइसक्यो, दया छैन। कतैकतै सत्यता चाहिँ छ।

अहिले बाँचिरहेको जीवन कलियुग यसले नेपाललाई मात्र हेर्ने हो कि ?
विश्वलाई नै हेर्छ। कलियुगको संकेत हेर्ने हो भने श्रीमत्भागवत पुराणमा छ, भविष्य पुराणमा छ। यो पाँच हजार अगाडि भविष्यमा पानी किनेर खान्छन् भनेको छ। त्यो त हामीले अहिले खाइरहेको छौँ। यही कुरा १० वर्ष अगाडि भन्दा मान्छे हाँस्थे। हावा किन्छन् भनेको छ अहिले अक्सिजन किनेर खान्छन्। केटीले केटाको लुगा लगाउँछन् भनेको छ। त्यो अहिले लगाएका छन्। मान्छेको आयु घट्दै जान्छ भनेको छ। सत्य युगमा मान्छेको आयु एक लाख वर्ष भनेको छ , त्रेता युगमा १० हजार वर्ष, द्वापर युगमा एक हजार वर्ष र कलियुगमा एक सय वर्ष भनेको छ। अब ६० वर्ष भएको छ। कलियुगको अन्तमा गएर १५ वर्षको आयु हुन्छ भनेको छ। हाम्रो खानपान, टेक्नोलोजीले गर्दा हाम्रो जीवन नै परिवर्तन भएको छ। औषधिहरू पनि अहिले बिजनेस भइसकेको छ।

औषधि बिना प्राकृतिक जीवन जीउन बाँच्न सकिँदैन ?
सकिन्छ। डाक्टरको औषधिले बिरामी हुनुहोस् हामी निको हुन्छौँ भन्छ। तर आयुर्वेदिक औषधिले बिरामी नै नहौँ भन्छ। आयुर्वेदिक औषधि सेवनले धेरै बिरामी भइँदैन।

अहिले मन्छेको स्वास्थ्य के कारणले बिगारेको छ ?
अहिलेको सबै भन्दा ठूलो समस्या भनेको चिन्ता हो। धेरै मान्छे सहरमा बसेर त्यहाँ जनसंख्या बढेको छ। गाउँको भन्दा सहरको अवस्था निकै कठिन छ। त्यसैले युवा अवस्थामा नै पहिला बुद्धाहरुमा हुने रोग लागिरहेको छ। सुत्ने समय छैन। इन्टरनेटहरूले पनि धेरै परिवर्तन गराएको छ। त्यसले नकारात्मक असर पारेको छ। सकारकारको अनियमितता, बासी खानाले समस्या निम्त्याएको छ

अहिलेको युवा आधुनिकता तिर उन्मुख भएको छ, मिठो खानु राम्रो, महंगो लगाउनु राम्रो भन्ने छ। यो नेपाली समाजबाट के पाउनु हुन्छ ?
अहिलेका नेपाली पुस्ता बीचका न पश्चिमा भएको नत पुरै नेपाली भएको अवस्था छ। हाम्रो धर्मशात्रले आधुनिकताको विरोध गर्दैन। परिवर्नत अनुसार जानु पर्दछ भनेको छ। प्रकृतिको रूपमा नभई कृत्रिम रूपले जीवन यापनलाई विरोध गर्दछ। हामी इस्कोन आधात्मिक संस्था भएर सामाजिक सेवा गरेको छौँ। बूढानीकण्ठका स्कुलका आठ हजार बच्चालाई दैनिक निःशुल्क खाना खुवाएका छौँ। हामी जति प्रकृतिबाट टाढा जान्छौँ त्यति नै दुःख पाउँछौँ।

जीवनमा सुखी हुने कुनै उपाय छ ?
जीवनमा सुखी हुनुछ भने आधात्ममा ध्यान दिनु पर्दछ। समयको निर्धारण छैन दिनमा २४ घण्टामा हरेक घण्टाको १ मिनेट आधात्मको अभ्यास गर्ने, गीता पढ्ने गर्नुपर्छ। भागवत पढ्दा अनन्द मिल्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ०५ बजे

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक

साताको अन्तिम कारोबारको दिन नेप्से ७ अंकले घट्यो 

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ७.३१ अंकले घटेको

नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव काठमाडौंमा हुने

काठमाडौं– नेपाल  १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु