नेपाली सिनेमा र संगीतमा ‘भी बलसारा’को योगदान « Khabarhub

नेपाली सिनेमा र संगीतमा ‘भी बलसारा’को योगदान


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नेपालबाट पहिलो सिनेमा आमा (१९६४) मा बन्ने भएपछि राष्ट्रिय निर्देशन मन्त्रालय अन्तर्गत प्रचार प्रसार डिभिजनले फिल्मका निर्देशकका रूपमा बम्बईमा संघर्षरत हिरासिंह खत्रीलाई चुन्यो। हिरासिंह खत्रीले आमा फिल्मको गीत रेकर्डका निम्ति सम्पूर्ण काम कलकत्तामा गर्ने निर्णय गर्नुभयो। सो निर्णयपछि त्यसको लागि संगीतकार पनि कलकत्तामा नै काम गर्दै गरेका भी बलसारालाई चुन्नु भयो। प्रथम नेपाली चलचित्रका आमाका प्रथम संगीतकार भी बल्साराको पुरा नाम ‘भिस्ताब बलसारा’ हो।

सन् १९२२ जुनमा जन्मिएका बल्साराको सन् २००५ मार्च २८ तारिकका दिन निधन भएको थियो। तर नेपालबाट बनेका तीन वटा चलचित्र आमा, परिवर्तन र हिजो आज भोलिमा उनको संघीतले महत्त्वपूर्ण छाप छोडेको छ।

भी बलसारा बम्बईमा एकाडिङ बाधक हुनुहुन्थ्यो। उहाँले राज कपूर को फिल्म ‘आवारा’मा ‘आवार हो गर्दिश मे सितारा हो’ भन्ने गीतमा एकोडिङ बजाउनु भएको थियो। त्यसबाहेक उहाँले विद्यापती फिल्ममा आफैले संगीत गर्नु भएको थियो। शिवरञ्जनी रागमा ‘मेरे नैना सावन भादों’ जस्तो गीत पनि उहाँले गर्नुभएको थियो।

तिनै बलसारालाई नेपालको चलचित्रमा संगीत निर्देशकको रूपमा चुन्नु नेपालको लागि सौभाग्य थियो। ज्ञानी गुनी र अत्यन्त अनुभवी बलसाराले नेपाली आमा फिल्ममा शिवशंकर मानन्धर, तारा देवी, पुष्प नेपालीलगायत धेरै कलाकारलाई गाउन लगाउनु भयो।

फिल्मका गीतकारका रूपमा मबीबी शाह र लक्ष्मण लोहनीले पनि गीत लेख्नु भयो। नेपालबाट बनेको पहिलो चलचित्र आमाको संगीतपछि हिरासिंह खत्रीले उहाँलाई अर्को फिल्म ‘हिजो आज भोलि’मा संगीतकारका रूपमा चयन गर्नुभएको थियो।

‘हिजो आज भोलि’ पछि फेरी तेस्रो फिल्म परिवर्तनका लागि भी बल्साराले नै संगीत गर्नुभयो। परिवर्तन फिल्मसम्म आउँदा नेपाली फिल्मको संगीतको स्वरूप बदलिसकेको थियो।

भी बलसाराले परिवर्तनका रूपमा भव्य रूपमा नेपाली गीत संगीतलाई सजाउनु भएको थियो। यो पहिलो फिल्म थियो जसमा बलसाराले नारायण गोपाललाई चलचित्रमा गाउन लगाउनुभयो र त्यसैगरी गायिका मिरा राणालाई फिल्मको पाश्र्व गायिकाका रूपमा गाउन लगाउनु भयो। यसबाहेक यसमा गायिका तारादेवी गीतकारका रूपमा चेतन कार्की र तीर्थ शेरचनलाई पनि उहाँले ब्रेक गर्नुभयो।

भी बलसारा प्रथम नेपाली चलचित्रका संगीतकार मात्र नभई परिवर्तन फिल्मबाट नेपाली संगीतको मुखडा बदल्ने एक संगीतकारका रूपमा चिनिनु हुन्छ। ’परिवर्तन’मा उहाँले नारायण गोपालको निम्ति गरेको सङ्गीतमा चेतन कार्कीको शब्द ‘बुझ्नै सकेनौ तिमीले मेरो आँखाको भाका’ एउटा माइलस्टोन मानिन्छ।

यो गीतपछि नारायण गोपाललाई चलचित्रको पाश्र्व गायकका रूपमा नेपाली जनले स्वीकार गरेको मानिन्छ। यही फिल्ममा गायिका तारा देवीले पहिलो पटक चलचित्रको निम्ति क्याब्रे गीत गाउनु भएको थियो।

अनौठो र अचम्मको कुरा नारायण गोपालले पनि जीवनमा पहिलो पटक लोकगीत यो फिल्मको निम्ति गाउनु भएको थियो। गायिका मिरा राणाको साथमा ’बैनीको दया छ भने रोधिघर दाइ नाच्यो नभने’ यो गीत पनि सदाबाहार मानिन्छ।

सधै संगीतकार भी बलसाराको योगदानको मूल्यांकन गर्दा उनले गीतकार चेतन कार्की, संकलक तीर्थ शेरचन, गायक नारायण गोपाल र मिरा राणालाई चलचित्रसँग चिनाए र शिवशंकर र तारादेवीलाई प्रथम चलचित्र पाश्र्व गायक र गायिकाको रूपमा पर्दामा ल्याए।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ९ : ४० बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले