छड्केको ‘रोल’ले थिएटरदेखि सिनेमासम्म पुर्‍यायो | Khabarhub Khabarhub

छड्केको ‘रोल’ले थिएटरदेखि सिनेमासम्म पुर्‍यायो

विजय बरालको कलाकारिता


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

विजय बराल थिएटरका कलाकार हुन्। ‘डिग्री माइला’, ‘सिरूमा नानी’ र ‘माइलो’, ‘बिल गेट्स’ र ‘मितज्यू’ जस्ता नाटक खेलिसकेका छन्। पछिल्लो समय नेपाली फिल्ममा समेत व्यस्त उनलाई दर्शक ‘कबड्डी’को ‘विके’ भनेर पनि चिन्छन्। जसले नाटक र सिनेमा दुबैमा काम गरिरहेका छन्। कलाकार बरालसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

यो भन्दा अगाडिको चलचित्र र हयारी कि प्यारीसम्म आइपुग्दाको समय कस्तो छ ?

पहिलो मेरो चलचित्र छड्के हो। नाटक गर्दागर्दै अडिसन भएर त्यस चलचित्रमा सानो रोल गर्ने मौका पाएको हो। त्यो बेलाको केही गर्छु भन्ने हुटहुटी ममा थियो। त्यो समय सम्झना गर्दा बडा आनन्द लाग्छ। त्यो समयलाई पार गर्दै यो समयसम्म आइयो। समयलाई पार गर्न आफूले तयारी गर्नुपर्छ।

यहाँको घर सर्लाही त्यहाँबाट नाटक गर्दै विभिन्न सङ्घर्ष गरेर यहाँसम्म आउँदाका सम्झना कस्ता छन् ?
पहिले सङ्घर्ष जस्तो लाग्थ्यो अहिले प्राप्तिको लागि गरेको हो जस्तो लाग्छ। यो सानो काम हो जस्तो लाग्छ। मैले मिनभवनमा पढेको हुँ। त्यहाँबाट नै मेरो भविष्य सुरु भएको छ। अभिनय देखि बाहिर रहेर पनि काम गरेको छु।

नाटक र सिनेमामा के फरक रहन्छ ?
अभिनय गर्ने प्रक्रिया उही हुन्छ। सिनेमामा तपाईं र म संवाद गरिरहेका छौँ। दाँत देखिएको, मुस्कुराएको त्यसलाई सिनेमा भनिन्छ। थिएटर भनेको चर्को हल्ला, अलि पर दर्शक, आवाज ठूलो, मुख ठूलो, आकृति ठूलो हुनु हो। फरक त्यति मात्र हो। अर्को टेक्निकल फरक हुन्छ। सिनेमा खिच्ने कुरा भयो। टेक गरेर दुई तीन पटक पनि गर्न सकिन्छ। तर नाटकमा एक घण्टा दुई घण्टा गरिरहनु पर्ने हुन्छ। त्यो बगाएमा बग्नु हुन्छ। थिएटर कलाकारको मिडियम हो। सिनेमा डाइरेक्सनको मिडियम हो। दुवैमा टेक्निकल टमहरू मात्र फरक हो।

तपाईंलाई आत्म सन्तुष्टी चाहिँ के मा मिल्छ ?
मलाई नाटकमा नै मिल्दछ। आनन्दको महसुस हुन्छ।

दर्शकको रुचि नाटकमा काम गर्दा तथा चलचित्रमा काम गर्दा धेरै पाउनु भयो ?
नाटकमा मैले फरक फरक चरित्र निर्वाह गर्न पाउँछु। थिएटर भन्दा कलाकारलाई सिनेमा नै प्रभावकारी हो र रुचाउने पनि धेरै मात्रामा सिनेमा नै हो। थिएटर एक सो मा छ हजार भन्दा बढीलाई देखाउन सकिँदैन। सिनेमा भने लाखौँ मानिसले हेरेको हुन्छ। आफूलाई तयारी तथा विकाशको रूपमा भने नाटकतिर नै जोडिन्छ।

तपाईं आध्यात्मतर्फ बढी नै केन्द्रित रहनु भएको र यसले तपाईँको जीवनमा के फरक पारेको छ ?
म इन्डिया माइन भन्ने पढाई पढ्न गएको थिएँ। पढाइको सिलसिलामा विपश्यना भन्ने ठाउँमा बस्न पाएँ। जीवनमा अप्ठयारा, दुःख सबै छ। मन सम्हालेर चलेमा आनन्द महसुस हुन्छ भन्ने पाठ सिकेको थिएँ। जसको लागि हतार गर्नु हुँदैन। ध्यान गर्दा मलाई आनन्द महसुस हुन्छ।

चलचित्रमा किन कम मात्रामा देखिनु हुन्छ ?
हो सिनेमामा कम आएको हो। नाटक भन्दा कम नै हो। तर सिनेमामा पनि आइरहेको हुन्छु। मेरो काम फरक देखाउन नसकेको मात्र हो। मलाई सिनेमाको मेरुदण्डको रूपमा लिएको पनि छ त्यसमा गर्व गर्छु।

सिनेमा बाहेक के योजना छन् ?
सिनेमा बाहेक अरू केही साँचेको नै छैन। जसमा लागेको १२-१५ वर्ष भएको छ। यसमा नै निहित भएर लाग्न चाहन्छु। म पढाई राखेको छु। तर मेरो सिनेमाबाट बाहिर जाने चाहना नै छैन।

रंगमञ्चका कलाकार पछिल्लो समय चलचित्रतर्फ केन्द्रित देखिन्छन् किन ?
परिस्थिति परिवर्तन भयो, समय परिवर्तन भयो अभिनय गर्नु नै छ तर नाटकमा अलि कम मात्र भएको हो। अब हेर्न चाहँदा पनि देखिँदैन। नाटकमा मान्छेले नै तपाईँलाई देखिँदैन भन्न थालिसकेको अवस्था छ। तपाईंहरू सिनेमामा जानु भयो अर्को पुस्ता खोइ भन्नेसम्म आइसकेको छ। हाम्रो खोजी भने भएको हुन्छ। त्यो खुसीको कुरा हो।

तपाईंको पुस्ताले दर्शकबाट कस्तो मूल्यांकन कसरी पाउनु भएको छ ?
नाटक गर्ने रङ्गकर्मीको हिसाबमा सुनिल सर सम्मको एक यात्रा छ। त्यसमा अनुप सरसमेत हुनुहुन्छ। त्यसरी मसम्म आइपुग्दा हामीलाई हेर्ने दृष्टिकोण धेरै अगाडि बढेको हो। दर्शक भनेको हाम्रो एक मुख्य पहिचान हो। दर्शकको कारण नै हामी चलेका छौं। हामीमा सिकाइ त रहेको छ त्यसमा भएको कामको मात्र महत्त्व रहेको हुन्छ। अध्ययन कम भयो कि दर्शकको जिज्ञासा राम्रो हो। त्यसमा हामी पनि सुधार गर्न सकिन्छ। रङगमञ्च बाँच्नुपर्छ। सिनेमामा एक चलचित्र विकास बोर्ड छ जसले ठाउँ बनाई दिएको छ। जहाँबाट केही काम गर्न सकिन्छ। नाटकको लागि आफूले नै ठाउँ ठाउँमा खोलेर कार्य गरेको अवस्था रहेको छ। पछिल्लो समयको महापुरुष धेरै नै चलेको छ। जुन हाम्रा कमजोरी छन्। तिनलाई सुधार गर्नु हाम्रो दायित्व हो।

नयाँ पुस्ता यो क्षेत्रमा आउन सहज तथा टिक्न किन गाह्रो भएको हो ?
सबैमा त्यो परिस्थिति आएको हो। सबैमा त्यो भएको भने छैन। त्यो आफूले ख्याल गरेर लागि पर्नुपर्ने हुन्छ। पछिल्लो समय टिकटक गलत प्रविधिमा विकास भएको हो जस्तो लागेको छ। यसको सदुपयोग राम्रो तरिकाबाट भएको छैन। यो एक प्रकारको भाइरल जस्तो नकारात्मक रूपमा प्रस्तुत भएको जस्तो लागेको छ। जुन नयाँ पुस्तामा धेरै मात्रामा रहेको छ। सिनेमा छानेर हेर्ने दर्शकको सोचमा भर पर्छ।

तपाईँको आफ्नो चरित्र कस्तो रहेको छ ?
मेरो बिकेको चरित्र जस्तो ठ्याक्क नै मिल्न जान्छ। म इमानदार कलाकारको रूपमा काम गर्छु। विके एकदम राम्रो साथी हो। त्यो स्थानमा म पनि रहँदिन होला। मान्छेले हेर्ने दृष्टिकोण र चरित्रमा फरक हुन्छ।

कबड्डीमा काजीलाई पत्र लेख्नुभयो। वास्तविक जीवनमा कत्तिको पत्र लेख्ने गर्नु भएको छ ?
यो अभिनयको क्षेत्रमा मात्र हो। मेरो वास्तविक जीवनमा कहिल्यै पत्र लेखेको छैन। मेले काजीको लागि लेखे अरू कसैको लागि लेखिन।
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : २२ बजे

ओलीलाई शुभकामना दिँदै रविले भने- सुशासनमा सहकार्य गर्न तयार छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री

इमरान खानको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तयारी !

इस्लामावाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने पहल

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला– अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका

प्रधानमन्त्री ओलीद्वारा पदबहाली

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका