राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने « Khabarhub

राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा हुने


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भावी राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

आज बिहान बसेको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा रामचन्द्र पौडेललाई उठाउने तथा नेकपा एमाले सचिवालय बैठकले नेम्वाङलाई उठाउने निर्णय गरे पछि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने हिजो निर्णय लिएका थिए । गठबन्धन तोडेर माओवादी कांग्रेससँग नयाँ गठबन्धन गर्न गएको भोलिपल्ट एमालेलले सचिवालय बैठक डाकेर नेम्वाङलाई उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले आज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १० देखी ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा तोकिएको छ । मतदान भने २५ फागुनमा हुनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : १८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या