हेटौँडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न « Khabarhub

हेटौँडा उपमहानगरपालिकाद्वारा ४८ योजना सम्पन्न


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागमती- हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७९-९० को हालसम्ममा नयाँ ४८ योजना सम्पन्न गरेको छ । उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो । बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आवको प्रथम चौमासिकको हालसम्ममा तीन किलोमिटर कङ्क्रिट सडक, चार कल्भर्ट, एउटा शैक्षिक पूर्वाधार, तीन गुम्बा, १० मन्दिर, एउटा तटबन्ध, १२ सामुदायिक भवन, एउटा मदरसा, चार उद्यानलगायत निर्माण भएका छन् । महानगरले आव २०७८-७९ मा जिम्मेवारी सरेर आएकामध्ये ८४ योजना सम्पन्न गरेको जनाएको छ । उपमहानगरले थप दुई स्थानको सडकमा आजदेखि स्ल्याब ढलान थालेको छ । 

आव २०७९-८० मा बजेट पुस्तिकामा समेटिएका योजनाअनुसार हेटौँडा–१ लालझाडीको वाराही धाप र भटेटोल जाने तथा हेटौँडा-१२ को केनाम टोल जाने सडक निर्माण सुरु गरेको छ । 

उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखाको पूर्वाधार विकास कार्यक्रमतर्फ योजना तथा कार्यक्रम अनुगमन जाँचपास तथा फरकफरक सिफारिस समितिले एक सय ३२ योजनाको अनुगमन तथा मूल्यांकन फरफारका लागि सिफारिस गरेको छ । अन्य महाशाखाले गरेको नौ योजना अनुगमन गरी भुक्तानीका लागि सिफारिस गरेको सो महाशाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।

महाशाखाले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत उपमहानगरले हेटौँडाको चौकी टोलमा नयाँ तरकारी बजार निर्माणका लागि ३३ लाख ६६ हजार र अन्य जिन्सी समान उपलब्ध गराएर हेटौँडा–१० टिसिएनमा रहेको तरकारी बजार चार महिना अगाडि स्थानान्तरणसमेत गराएको महाशाखा प्रमुख साहले बताए। 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ३ : ३८ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता